सुदूरपश्चिम प्रादेशिक महोत्सवमा आज धुर्मुस,सुन्तलीको प्रस्तुति रहने

सुदूरपश्चिम प्रादेशिक महोत्सवमा आज धुर्मुस,सुन्तलीको प्रस्तुति रहने

धनगढी । अत्तरियामा जारी सुदूरपश्चिम प्रादेशिक महोत्सवमा आज सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)को प्रस्तुति रहने भएको छ ।

आयोजक अत्तरिया उद्योग वाणिज्य संघका कलासँस्कृति संयोजक रमेश भट्टराईका अनुसार अन्य ४ जना स्थानीय कलाकारको पनि प्रस्तुति रहनेछ । 

जस्मा टेक बोगटी, टेक बिसी, आस्मा भण्डारी र सौगात ओझा रहेका छन् । लामीताल परिसरमा जारी महोत्सवमा लामी तालमा डुङ्गाको व्यवस्था,बाल उद्यान, खानाका विभिन्न परिकारहरू,थारु संस्कृति तथा परिकार सहितको थारु प्रदर्शनी मुख्य आकर्षणका रूपमा रहेका छन् । 

माघ ७ गतेसम्म चल्ने महोत्सवमा लामी तालमा डुङ्गाको व्यवस्था,बाल उद्यान, खानाका विभिन्न परिकारहरू,थारु संस्कृति तथा परिकार सहितको थारु प्रदर्शनी मुख्य आकर्षणका रूपमा रहेका छन् ।