सुदूरपश्चिम प्रादेशिक महोत्सवमा आज पल शाह र एलिना चौहान आउने

सुदूरपश्चिम प्रादेशिक महोत्सवमा आज पल शाह र एलिना चौहान आउने

धनगढी । अत्तरियामा जारी सुदूरपश्चिम प्रादेशिक महोत्सवमा आज पल शाह र एलिना चौहानको प्रस्तुति रहने भएको छ ।

त्यस्तै आजै चर्चित एवम् लोकप्रिय डेउडा गायक भुवन दाहालको प्रस्तुति रहने भएको छ । आयोजक अत्तरिया उद्योग वाणिज्य संघका कलासँस्कृति संयोजक रमेश भट्टराईका अनुसार आजै अनिता चलाउने,सृजना खत्री र दुर्गा भट्टले पनि प्रस्तुति राख्ने भएका छन् ।

लामी ताल परिसरमा जारी महोत्सवमा लामी तालमा डुङ्गाको व्यवस्था,बाल उद्यान, खानाका विभिन्न परिकारहरू,थारु संस्कृति तथा परिकार सहितको थारु प्रदर्शनी मुख्य आकर्षणका रूपमा रहेका छन् ।

माघ ७ गतेसम्म चल्ने महोत्सवमा लामी तालमा डुङ्गाको व्यवस्था,बाल उद्यान, खानाका विभिन्न परिकारहरू,थारु संस्कृति तथा परिकार सहितको थारु प्रदर्शनी मुख्य आकर्षणका रूपमा रहेका छन् ।