जिसस प्रमुखले पाँच वर्षको तलव गरिब बालबालिकाको शिक्षामा खर्च गर्ने

जिसस प्रमुखले पाँच वर्षको तलव गरिब बालबालिकाको शिक्षामा खर्च गर्ने

धनगढी : जिल्ला समन्वय समिति कैलालीका प्रमुख सूर्य बहादुर थापाले आफुले पाउने सेवा सुविधा वापतको तलव गरिव बालबालिकाको शिक्षामा खर्च गर्ने भएका छन । 

शिक्षाको पहुच बाहिर रहेकालाई विद्यालयमा ल्याउनका लागि थापाले पाँच वर्षको तलव गरिव बालबालिकाका लागि खर्च गर्नेछन । 

जिल्ला समन्वय समिति प्रमुखको जिम्मेवारी सम्हालेको एक वर्ष पुगेको अवसरमा मगलवार उनले उक्त कुराको घोषणा गरेका हुन । 

मगलवार आयोजित कार्यक्रममा जिल्लाका विभिन्न स्थानका ५० जना भन्दा बढी बालबालिकालाई शैक्षिक सामाग्री वितरण समेत गरिएको छ । 

शिक्षाको पहुचबाट बाहिर रहेका गरिव बालबालिकालाइ प्रदेश ७ का सभामुख अर्जुन बहादुर थापाले शैक्षिक सामाग्री वितरण गरेका थिए । 

‘पैसा अभावमा विद्यालय जान नपाएका बालबालिकालाई मगलवार डे«स, जुत्ता, कपी र कलम वितरण गरिएको छ ।’ थापाले भने, ‘एक सय बालबालिकालाई विद्यालयको पहुचमा ल्याउने लक्ष्य लिएको छु । अव सवैलाई विद्यालयमा भर्ना गराउछु ।’

उनले शिक्षाको पहुच भन्दा बाहिर रहेका बालबालिकालाई विद्यालयमा ल्याउनका लागि आफनो ५ वर्षको सम्पूर्ण तलव खर्च गर्ने बताए । 

‘सुरुमा शैक्षिक सामाग्री गरिव बालबालिकालाई वितरण गरेका छौ ।’ उनले भने, ‘एक सय बालबालिकालाई विद्यालयमा भर्ना गराउछु । लाग्ने खर्च सवै मेरा तलवबाट व्यहोर्छु ।’

गरिव बालबालिकालाई विद्यालयमा भर्ना गराई टिकाई राख्न खाजाका लागि दैनिक ३० रुपैया र मासिक शुल्क विद्यालयमा जम्मा गरिने उनले जानकारी दिए । 

शिक्षा ईकाईका प्रमुख समेत रहेका थापाले भने, ‘जिल्लामा अझै करिव ४ प्रतिशत बालबालिका विद्यालय आउन पाएका छैनन । सवैलाई विद्यालय ल्याउन सवैले लाग्नुपर्छ ।’ जिल्ला समन्वय समिति प्रमुखको मासिक तलव ४० हजार तोकिएको छ ।