भुवन दाहाल र विष्णु माझीको साइपालका किल्ला देउडा सार्वजनिक

भुवन दाहाल र विष्णु माझीको साइपालका किल्ला देउडा सार्वजनिक

धनगढी । भुवन दाहाल र विष्णु माझीको आवाजमा रहेको साइपालका किल्ला देउडा गीतको भिडियो सार्वजनिक गरिएको छ।

शिखर आर्ट धनगढी नामक युट्युव च्यानलबाट सोमबार गीतको भिडियो सार्वजनिक गरिएको हो । राजकुमार जोशीले निर्माण गरेको उक्त गीतको लेखन र संगित विरेन्द्र खड्काको रहको छ।

गीतमा भवानी रेग्मी र टीकटक स्टार सुस्मिता चौलागाईले अभिनय गरेका छन्। उक्त गीतको निर्देशक पनि रेग्मी नै रहका छन्।

सात वर्षअघि गितको छायाँकन गरिएको भएपनि मंगलबारमात्र गित सार्वजनिक गरिएको जनाइएको छ । मंगलबार सार्वजनिक गितमा बुधबार तीन सय ८८ जनाले हेरेका छन् ।