भिटामिन सी सीरमले छालालाई कस्तो फाइदा गर्छ ?

भिटामिन सी सीरमले छालालाई कस्तो फाइदा गर्छ ?

एजेन्सी । छालाको सुरक्षा तथा सुन्दरता बनाइराख्नका लागि महिलाहरुले भिटामिन सीको अत्यधिक प्रयोग गर्न थालेका छन् । यसले छालालाई हाइड्रेट राख्ने काम गर्छ । साथमा भिटामिन सी सीरम लगाउँदा छालामा कस्ता खालका लाभहरु हुन्छन् यहाँ जानौं ।

भिटामिन सी सीरममा भएको एन्टीअक्सीडेन्टले शरीर तथा छालालाई यूवी रेजहरुबाट बचाउने काम गर्छ । यो सीरमले सनस्क्रीनको काम त गर्दैन, तर यसले युवी किरणहरुलाई छालामा अब्सर्ब हुन भने दिँदैन ।

भिटामिन सी सीरमले तपाईं आफ्नो अनुहारमा प्राकृतिक निखार, डन्डीफोरका दाग तथा मरेको छालाहरुलाई हटाउन सक्नुहुन्छ ।

भिटामिन सी सीरममा एन्टीइन्फ्लामेटरी पोषक तत्व पाइन्छ जसले छालाको टोनमा सुधार ल्याउँछ । यस्तोमा छालालाई हाइड्रेट राख्न तथा एजिंगका दागहरुलाई हटाउन भिटामिन सी सीरमको प्रयोग गरिन्छ ।
 भिटामिन सी सीरमको सहयोगले छालालाई आवश्यक पोषक तत्वहरु प्राप्त हुन्छ । यसले तपाईंको छाला प्राकृतिक रुपमा चम्किलो देखिन्छ र दागरहित हुन्छ ।

कतिबेला लगाउने ?

भिटामिन सी सीरमको सहयोगले छालामा मेलेनिनको मात्रा पनि बढ्छ । यसले छालालाई कालो हुने समस्याबाट पनि जोगाउँछ । त्यसैले यसलाई विशेषगरी रातको समयमा लगाउनु राम्रो हुन्छ । किनकी यो राम्रोसँग छालामा अब्सर्ब हुन पाउँछ ।

कसरी प्रयोग गर्ने ?
भिटामिन सी सीरम लगाउनका लागि तपाईं यसको दुईतीन थोपा अनुहारमा लगाउनुहोस् । यसले छाला मोइस्चराइज हुन्छ । तर संवेदनशील छाला भएका व्यक्तिले भने पहिला यसको टेस्ट गर्नुपर्ने हुन्छ ।