बेलौरीका विद्यालयमा जाडो विदा थपियो

बेलौरीका विद्यालयमा जाडो विदा थपियो

धनगढी । कञ्चनपुरको बेलौरी नगरपालिका अन्तर्गतका विद्यालयमा थप ३ दिन जाडो विदा दिइएको छ ।

नगरपालिकाको माघ ७ गते बसेको नगर प्रमुख स्तरीय बैठकबाट माघ ८ देखि १० गते सम्म विदा दिने निर्णय गरिएको हो ।

प्रमुख प्रशासकीय अधिकृत तारादत्त अवस्थीद्धारा हस्ताक्षतिर सूचनामा मौसममा सुधार नभइ चिसो बढ्दै गएकाले विद्यार्थीको स्वास्थ्यमा प्रतिकुल असर पर्ने भएकाले विदा दिइएको उल्लेख छ ।

यसअघि नगरपालिकाले माघ ४ र ५ गते विद्यालयहरुमा बिदा दिएको थियो ।