५ दिनमा सलमानको 'भारत'ले कमायो १५० करोड एजेन्सी

५ दिनमा सलमानको 'भारत'ले कमायो १५० करोड एजेन्सी

ईदमा रिलिज भएको सलमान खान अभिनित 'भारत'ले रिलिजको पाँच दिनमा १ सय ५० करोड भारू बढि कमाइ गरेको छ। ७० देशका १३ सय पर्दामा रिलिज भएको सिनेमाले यो कमाइ घरेलु वक्सअफिसबाट गरेको हो।

'भारत' सलमानको करियरको सर्वाधिक सुरूवाती व्यापार गर्ने सिनेमा बनेको छ।

अलि अब्बास जफर निर्देशित सिनेमा कोरियन सिनेमा 'ओडे टु माइ फादर'को हिन्दी संस्करण हो। सिनेमामा सलमान र क्याटरिना कैफको जोडी रहेको छ।

सिनेमाले रिलिजको पहिलो दिन बुधबार ४२.३० करोड भारू कमाइ गरेको थियो भने दोश्रो दिन ३१ करोडको कमाइ गरेको थियो। यसैगरी सिनेमाले शुक्रबार २२.२० करोड कमाइ गर्दा शनिबार र आइतबार क्रमशः २६.७ र २७.९० करोड भारू कमाइ गरेको भारतीय संचारमाध्यमहरूले जनाएका छन्।

यसरी सिनेमाले ५ दिनमा कुल १५०.१० करोड भारू कमाइ गरेको हो।