धोकेबाज गीतकी गायिकालाई नै खाइन् प्रेममा धोका

धोकेबाज गीतकी गायिकालाई नै खाइन् प्रेममा धोका

धनगढी। गायिका एलिना चौहान र अष्ट्रेलीयामा बस्दै आएका विष्णु सापकोटाबीच प्रेमको चर्चा निकै चुलियो । यी दुईले एकसाथ थुप्रै टिकटक पनि बनाए । साथै, यी दुईले सामाजिक संजालमा लाइभमा आएर आफूहरूको प्रेम स्विकार पनि गरे । 

तर, अहिले एलिना र विष्णु दुबैले आफूहरूको सामाजिक संजालबाट एकअर्कासँग खिचिएको तस्विर हटाएका छन् । 

यी दुईले त बिहे गर्ने चर्चा समेत चलेको थियो । अष्ट्रेलीयामा एक साङ्गीतिक कार्यक्रममा गएको समयमा एलिना विष्णुसँग देखिएकी थिइन् । यसपछि, यी दुई आफूहरूको प्रेममा खुलेरै अगाडि आएका थिए । 

तर, अहिले यी दुई अलग भएको चर्चा छ । एलिनाले सामाजिक संजालमा तीन दिन अगाडि लेखेकी छिन्–‘रुवाउनेलाई मेरो आशु नलागोस् है भगवान । सधैं राम्रो होस् ।’

एलिनालाई विष्णुले मानसिक तनाव दिने गरेको चर्चा मिडियामा छ ।