राइजिङ स्टार बोर्डिङ स्कुलको खेल सप्ताह शुरु

राइजिङ स्टार बोर्डिङ स्कुलको खेल सप्ताह शुरु

धनगढी । धनगढी उपमहानगरपालिका वडा नम्बर ६ मटियारीमा रहेको राइजिङ स्टार बोर्डिङ स्कुलको खेल सप्ताह शुरु भएको छ । 

राइजिङ स्टार बोर्डिङ स्कुलले साताब्यापी रुपमा खेलकुद कार्यक्रम शुरु गरेको हो । 

आइतबार सुदुरपश्चिम प्रदेश प्रज्ञा प्रतिस्ठानका उप कुलपति डा।टि एन जोशीले खेल सप्ताहको सुभारम्भ गरेका हुन् ।

फागुन १८ गते स्कुलको बार्षिकोत्सव आयोजना गर्न लागेको राइजिङ स्टार बोर्डिङ स्कुलले त्यसको पुर्वसन्ध्यामा खेल सप्ताह शुरु गरेको हो । बिद्यार्थीको समग्र बिकासका लागी खेल महत्वपुर्ण भएकाले सानै द्खी खेलकुदमा प्रेरित गर्न खोजिएको स्कुलका प्रबन्धक निर्देशक कलेन्द्र शाहीले बताए । स्कुल किताबी ज्ञान संगै मानविय जिवनमा आवश्यक पर्ने सबै ज्ञान बिद्यार्थीलाई होस भन्ने हेतुले खेलकुद संगै समग्र कार्यक्रम संग जोडिरहेको शाहीले बताए । 

खेल सप्ताहमा क्रिकेट, फुटवल, कवड्डी, टेवल टेनिस, स्याकरेस, म्याथरेस, १०० मिटर रेस, क्याडमिन्टन, बास्केटबल, फरक रेस, स्पोन रेस, म्युजिकल चेयर, इन आउट लगायतका खेलहरु आयोजना गरिरहेको राइजिङ स्टार बोर्डिङ स्कुलका शिक्षक कैलाश शाहीले बताए ।

२०७२ सालमा स्थापना भएको राइजिङ स्टार बोर्डिङ स्कुलले यस्ता बिविध कार्यक्रम आयोजना गर्दै आएको स्कुलका शिक्षक जगन्नाथ अवस्थीले बताए । मटियारी क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको राइजिङ स्टार बोर्डिङ स्कुलले उत्कृष्ट शिक्षा संगै ब्यवहारिक ज्ञानलाई समेत निरन्तरता दिने उनले बताए ।