डडेल्धुरामा गहुँ उत्पादन १५ प्रतिशतले बढ्यो

डडेल्धुरामा गहुँ उत्पादन १५ प्रतिशतले बढ्यो

डडेल्धुरा : डडेल्धुरामा यो वर्ष गहुँ उत्पादन १५ प्रतिशतले बढेको छ । समयमै वर्षा र पटकपटक हिमपातका कारण यो वर्ष गत वर्षको तुलनामा हजार मेट्रिक टन बढी उत्पादन भएको कृषि ज्ञान केन्द्र डडेल्धुराले जनाएको छ ।

कृषि ज्ञान केन्द्रसहित स्थानीय तहहरुले पनि किसानलाई उन्नत जातको गहुँको बीउ अनुदान दिएपछि गहुँ उत्पादनमा वृद्धि भएको केन्द्रले जनाएको छ । डडेल्धुराको मुख बालीमध्येको एक भएकाले गहुँ उत्पादनमा वृद्धि भएसँगै किसान पनि खुशी भएका छन् ।

उत्पादन वृद्धिले यस वर्ष तराईका जिल्लाबाट हुने गहुँको आयातमा पनि कमी आउने बताइएको छ । यहाँ आठ हजार ७४० हेक्टर क्षेत्रफलमा गहुँखेती हुने गरेको छ ।