धनगढी कप अन्तर विद्यालय क्रिकेट प्रतियोगिता धनगढीमा सुरु

धनगढी कप अन्तर विद्यालय क्रिकेट प्रतियोगिता धनगढीमा सुरु

धनगढी : धनगढी कप अन्तर विद्यालय क्रिकेट प्रतियोगिता मङ्गलवार देखि धनगढीमा सुरु भएको छ । लिटल फ्लावर बोर्डिङ स्कुलको आयोजनामा सुरु भएको प्रतियोगिता असार ३ गतेसम्म सञ्चालन हुने छ ।

एक कार्यक्रमको आयोजना गरी मङ्गलवार प्रतियोगिताको उद्धघाटन गरिएको हो । प्रतियोगिताका खेलहरू फाप्ला क्रिकेट मैदानमा सञ्चालन भइरहेका छन् ।

लिटल फ्लावर प्रीमियर लिगको चौथो संस्करणको तयारी स्वरूप प्रतियोगिता आयोजना गरिएको आयोजक लिटल फ्लावर बोर्डिङ हाइस्कुलका प्रिन्सिपल राचन्द्र शाहीले बताए । यस पटकको एलपीएलको चौथो संस्करण कार्तिक १६ देखि सुरु हुने छ ।

विद्यालयस्तरका खेलकुदको निरन्तरताका लागि धनगढी कप आयोजना गरिएको शाहीको भनाइ छ । विद्यालय स्तरबाट खेलाडी उत्पादनमा टेवा पुगोस् भनेर प्रतियोगिता सञ्चालन गरिएको उनले बताए ।

प्रतियोगितामा प्रथम हुने टिमले २५ हजार र उपविजेता हुने टिमले साढे १२ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने जनाइएको छ ।

प्लेयर अफ द टुर्नामेन्टले दुई हजार, उत्कृष्ट बलर, ब्याट्सम्यान र उदीयमान खेलाडीले नगद एक हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगितामा १६ टिमको सहभागिता हुने आयोजकले जानकारी दिएको छ । प्रतियोगिता टी–ट्वान्टी फरम्याटमा सञ्चालन भइरहेको छ ।