भौतिक पूर्वाधार तथा यातायात मन्त्री सवार गाडी खोलामा डुब्यो

भौतिक पूर्वाधार तथा यातायात मन्त्री सवार गाडी खोलामा डुब्यो

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ सवार गाडी अर्जुन चौपारी–३, घट्टे दरौ खोलामा डुबेको छ ।   सहरे खोला पुलको शिलान्यास गरी फर्कने क्रममा मन्त्री सवार गाडी खोलामा डुबेको हो । पुलको शिलान्यास गरेर फर्केको मन्त्रीको गाडी खोलामा पुल नभएकैले फसेको हो ।

बा २ झ ४०२९ नम्बरको गाडी खोलामा आधा डुबे पनि सुरक्षाकर्मीको सहयोगमा मन्त्री महासेठलाई बाहिर निकालिएको थियो ।  खोला तर्ने क्रममा गाडी डुबे पनि मन्त्री भने सकुशल रहनु भएको छ । त्यस्तै खोलामा डुबेको सवारी साधन क्रेनको सहयोगमा बाहिर निकालिएको छ ।

खोला बढेसँगै बिग्रिएको बाटोलाई मर्मत गरिएको थियो तर मन्त्रीका सवारी चालकलाई ग्रामीण सडकको बारेमा राम्रो जानकारी नहुँदा दुर्घटना हुन पुगेको बताइएको छ ।