पर्यटकहरुको ब्यबस्थापन गर्न सके सुदुरपश्चिम प्रदेशको समृद्धी हुने : मुख्यमन्त्री भट्ट

पर्यटकहरुको ब्यबस्थापन गर्न सके सुदुरपश्चिम प्रदेशको समृद्धी हुने : मुख्यमन्त्री भट्ट

धनगढी : सुदुरपश्चिमका मुख्य मन्त्री त्रिलोचन भट्टले धार्मिक पर्यटनको विकासबाट नै प्रदेशको समृद्धी सम्भव हुने बताएका छन् ।

मंगलबार कैलालीको धनगढी उप–महानगरपालीका १६ का रहेको बेहडाबाबा गंगादशहरा मेलाको उद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री भट्टले यस प्रदेशमा सबैभन्दा बढी सम्भावना धार्मिक पर्यटनको रहेको बताए ।

उनले बेहडाबाबा धामको विकासका लागि प्रदेश सरकार सहयोग गर्न तयार रहेको बताए । यसका साथै शैलेश्वरी, बडीमालिका, उग्रतारा लगायतका धार्मिक क्षेत्रमा आउने पर्यटकहरुको ब्यबस्थापन गर्न सकेमा मात्रै पनि यहाँको समृद्धी हुने मुख्य मन्त्री भट्टले बताए । उनले यसका लागि स्थानीय सरकार संग समन्वय गर्न आफु तयार रहेको बताए ।

प्रतिनिधीसभा सांसद नारदमुनी रानाले बेहडाबाबा प्रदेशकै मुख्य धार्मिक स्थल भएको बताए । बेहडा बाबा संगै यस आसपासका अन्य धार्मिक क्षेत्र संग पनि सडक संजालले जोड्नु आवश्यक छ सांसद रानाले भने, यसका लागि धनगढी उप–महानगरपालिकाले बनाएको डिपिआर अनुसार सहयोग गर्न तयार छौं । सुदूरपश्चिम प्रदेशसभा सदस्य नेपालु चौधरीले प्रदेश सरकार योजनावद्ध रुपमा अघि बढीरहेको  बताए । 

धनगढी उप–महानगरपालीकाका प्रमुख नृपबहादुर वडले बेहडाबावाको विकासका लागि गुरु योजना तयार भैसकेको बताए । यहाँ जोड्ने सडक कालोपत्रे गर्ने कामको सुरुवात भैसकेको छ नगरप्रमुख वडले भने, खुटीया र शिवगंगा नदीमा पक्की पुल निर्माणको काम सुरु भैसकेकाले भक्तजनहरुलाई यहाँ आउन समस्या हुदैन । उनले आफुहरुको पहलमा बेहडाबावा मन्दिर वरिपरि चक्रपथ निर्माण गर्ने काम भएको बताए ।

धनगढीउप–महानगरपालीका बेहडाबावालाई यहाँका अन्यधार्मिक क्षेत्र संग जोड्न लागेको पनि नगरप्रमुख वडले बताए । उनले भने,‘यहाँ आउने पर्यटकहरुले दुःख नपाउन भनेर धर्मशाला, खानेपानी सौचालय जस्ता पूर्वाधारको विकास गर्न लागेका छौं ।