सुदूरपश्चिममा बढ्दै कुष्ठराेगी, स्थानिय तह अनुसार धनगढीमा बढी

सुदूरपश्चिममा बढ्दै कुष्ठराेगी, स्थानिय तह अनुसार धनगढीमा बढी

धनगढी । नेपालमा कुष्ठरोग निवारण घोषणा भए पनि सुदूरपश्चिम प्रदेशमा वर्षेनि नयाँ बिरामी पहिचान हुने दर बढ्दै गएकाे छ । नेपालमा विक्रम सम्बत २०६६ माघ ५ मा राष्ट्रिय स्तरमा कुष्ठरोग निवारणको घोषणा भएको थियो । निवारण भन्नाले प्रति १० हजार जनसङ्ख्यामा १ भन्दा कम बिरामी भएको अवस्थालाई बुझिन्छ । निवारणको घोषणापछि हालसम्म पनि प्रदेश स्तरमा निवारणको अवस्था कायम रहेको छ ।

कुष्ठरोग विज्ञ मनोज ओझाका अनुसार आर्थिक बर्ष २०७९/८० मा धनगढी उप महानगरपालिका भित्र मात्रै ८७ जना नयाँ कुष्ठरोगि पत्ता लागेका छन् । त्यसैगरी कैलालीको कैलारी गाउँपालिकामा २२ र कञ्चनपुरको भीमदत्त नगरपालिकामा १९ जना कुष्ठरोगि भेटिएका ओझाले बताए ।

उनले धनगढीमा सुदूरपश्चिमका सवै जिल्लाबाट उपचारका लागि विरामी आउने भएका कारण विरामीको संख्या थपिएको हुनसक्ने भएपनि कञ्चनपुर र कैलारी गाउँपालिकामा भने विरामीनै रहेको पाइएको बताए ।

गत आर्थिक बर्षमा सुदूरपश्चिम प्रदेशमा दुई सय ३० जनामा कुष्ठरोग भेटिएको थियो । जसमध्य कैलालीमा १४ दशमलव ३४ प्रतिशत, अछाममा १० दशमलव ८५ प्रतिशत, कञ्चनपुरमा ६ दशमलव १७ प्रतिशत, बाजुरामा २ दशमलव ८७ प्रतिशत, डाेटीमा दुई दशमलव ४२ प्रतिशत, बझाङमा एक दशमलव ५८ प्रतिशत, दार्चुलामा एक दशमलव ४८ प्रतिशत, बैतडीमा शुन्य दशमलव ८२ प्रतिशत र डडेल्धरामा शुन्य दशमलव ७१ प्रतिशत विरामी रहेको क्षयरोग विज्ञ ओझाले बताए ।

ओझाका अनुसार सुदूरपश्चिम प्रदेशमा हरेक बर्ष नयाँ कृष्ठरोगि पक्तालाग्ने क्रम बढ्ने गरेको छ । 

सुदूरपश्चिममा आर्थिक बर्ष २०७६/०७७ मा एक सय ३७ जनामा कुष्ठरोग भेटिएकोमा आर्थिक बर्ष २०७७/०७८ मा दुई सय ८, आर्थिक बर्ष २०७८/७९ मा दुई सय ५, आर्थिक बर्ष २०७९/०८०मा दुई सय ३० जनामा कुष्ठरोग भेटिएको थियो । चालु आर्थिक बर्षको माघ सम्म सुदूरपश्चिममा एक सय ६ जनामा कुष्ठरोग फेलापरेको ओझाले बताए ।

नेपालमा कुष्ठरोग निवारण घोषणा भएपनि सुदूरपश्चिमका दुई जिल्लामा वर्षेनि नयाँ विरामी पहिचान हुने क्रम बढ्न थालेको ओझाले बताए । 

 तथ्याङ्कका अधारमा आर्थिक वर्ष २०७८–७९ को तथ्यांक अनुसार हाल प्रदेशका दुई जिल्लामा कुष्ठरोग निवारण नभएको स्थिति छ । सरकारले सन् २०३० को अन्त्यसम्म सम्पूर्ण जिल्लामा कुष्ठरोग निवारण गर्ने लक्ष्य लिएको छ । प्रदेशको कैलाली र अछाममा कुष्ठरोग प्रकोप दर १ भन्दा बढी रहेको छ । सुदूरपश्चिम प्रदेशका सबै नौ जिल्लामा नै वर्षेनी नयाँ कुष्ठरोगी पहिचान हुने क्रम जारी रहेको छ । प्रदेशमा वर्षेनी दुई सयदेखि तीन सय नयाँ कुष्ठरोगीहरूको पहिचान भइरहेको तथ्याङ्कले देखाएको छ । पहाडका ६ जिल्लाका विरामीहरुलाई उपचारमा ल्याउन नसकिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । ‘प्रदेशको कैलाली र अछाममा कुष्ठरोग जनस्वास्थ्यको समस्याका रुपमा रहेको छ भने पहाडी छ जिल्लामा समयमै कुष्ठरोगका विरामीहरुलाई उपचारमा ल्याउन सकिएको छैन्’ स्वास्थ्य निर्देश्क डा. जगदिश जोशीले भने, ‘ढिला उपचारमा आएका विरामीहरुमा अपाङ्गता हुन सक्ने, लामो समय औषधि खानुपर्ने तथा विभिन्न खालको जटिलता आउने र समुदायमा रोग अरु व्यक्तिहरुलाई सरिरहने सम्भावना रहन्छ ।’

स्वास्थ्य निर्देशनालय दिपायलले उपलब्ध गराएको तथ्यांक अनुसार कैलाली र अछाममा प्रति दश हजारमा एक प्रतिशत भन्दा बढी विरामी रहेका छन् । यस प्रदेशमा आर्थिक वर्ष २०७८/७९ मा प्रति दश हजारमा शून्य दशमलब ९३ विरामी उपचारमा रहेका थिए भने कैलालीमा एक दशमलब ४९ र अछाममा एक दशमलब ९१ विरामी उपचारमा रहेका थिए । अन्य सात जिल्लामा एक भन्दा कम रहेको थियो । निर्देशनालयका अनुसार प्रदेशमा विरामी पहिचान दर कैलाली, अछाम र कञ्चनपुरमा सन्तोषजनक रहेको छ । प्रदेशमा प्रति लाखमा विरामी पहिचान दर सात दशमलब ५४ रहेकोमा कैलालीमा १४ दशमलब ३४, अछाममा १० दशमलब ८५ र कञ्चनपुरमा छ दशमलब १७ रहेको छ । अन्य छ जिल्लामा पहिचान दर शन्य देखि ३ रहेको छ ।

स्वास्थ्य निर्देश्नालयको तथ्याङ्क अनुसार सुदूरपश्चिम प्रदेशका ४३ पालिकामा गत आर्थिक बर्षमा कुष्ठरोगका नयाँ विरामी भेटिएका छैनन् ।