बिद्यालय जाने उमेरका सबै बालबालिका शिक्षाको उज्यालो घाम बाट बञ्चित नहुने : अध्यक्ष साउद

बिद्यालय जाने उमेरका सबै बालबालिका शिक्षाको उज्यालो घाम बाट बञ्चित नहुने : अध्यक्ष साउद

अछाम : चौरपाटी गाउँ पालिका वडा नम्बर १ सिउडिलाइ अनिवार्य तथा आधारभुत शिक्षा घोषणा गरिएको छ । घोषणा कार्यक्रममा प्रमुख अतिथिको आसन बाट बोल्दै गाउँ पालिकाका अध्यक्ष हर्कबहादुर साउदले बिधालय जाने उमेरका सबै बालबालिका अब कुनै पनि शिक्षाको उज्यालो घाम बाट टाढा नरहने बताउनु भयो ।

ग्रामीण क्षेत्रको बिकासको मुख्य आधार नै शिक्षा भएकोले गाउँ पालिकाले गुणस्तरीय शिक्षाका लागि विभिन्न कार्यक्रम गरिरहेकोले सबैको सहयोगको अपेक्षा राखेको बताउनु भयो । अनिवार्य तथा अधारभुत शिक्षा घोषणाका उदेश्यका बारेमा शिक्षा शाखा प्रमुख तक्षबहादुर शाहले सहभागीलाई जानकारी गराउनु भएको थियोे ।

घोषणा सभामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता रामबहादुर थापा नेपाली काग्रेश पार्टीका गणेश बहादुर शाह सिउडी मा बि का प्रधानाध्यापक रमेश धानुक लगाएतले बोल्नु भएको थियो । चौरपाटी गाउँ पालिका वडा नम्बर १ का अध्यक्ष शालिभान साउदको अध्यक्षतामा भएको घोषणा सभाको वडा सचीव दिनेशकुमार जोशीले संचालन वडा सदस्य कर्ण थापाले स्वागत गर्नु भएको थियोे ।