अस्पतालमै विष सेवन गरेर आत्महत्या

अस्पतालमै विष सेवन गरेर आत्महत्या

नेपालगन्ज :  नेपालगन्ज कारागारका एक कैदीले उपचारको क्रममा विष सेवन गरी आत्महत्या गरेका छन् । बाँके जानकी गाउपालिका– ३ का २५ वर्षिय सुनिलकुमार तिवारीले बुधबार नेपालगन्जको भेरी अञ्चल अस्पतालमा उपचारका लागि गएको अवस्थामा अस्पतालको शौचालयमा विष सेवन गरी आत्महत्या गरेको जेलर भरत पाण्डेले जानकारी दिए ।

तिवारी ३ वैशाख २०७५ मा लागू औषध ब्राउनसुगरको मुद्दामा थुनुवाको रुपमा कारागारमा आएको उनको मुद्दा फैसला भई आज मात्रै कैदीको पत्र आईपुगेको थियो ।

‘१० दिन अघि मुखबाट रगत आएको भन्दै भेरी अञ्चल अस्पतालमा जाँच गराई आएका तिवारीलाई नियमित जाँच गराउन लगेको अवस्थामा श्रीमतिको सहयोगले तिवारी र उनकी श्रमतिले विष सेवन गरेका थिए । विष सेवनबाट गम्भीर अवस्थामा रहेका दुबैलाई उपचारका लागि नेपालगन्ज नर्सिङ्गहोममा पु¥याएको थियो । कैदी तिवारीको उपचारकै क्रममा मृत्यु भएको छ भने उनकी श्रीमति गम्भीर छन्’–जेलर पाण्डेले भने ।

जेलर पाण्डेका अनुसार तिवारीलाई अस्पतालमा उपचारको लागि लगेको बेलामा तिवारी कै श्रीमतिले अस्पतालको शौचालयमा पहिला आफूले विष सेवन गरी तिवारीलाई शौचालयमा राखेको संकेत दिएकी थिईन । तिवारी शौच गर्न शौचालय पसेपछि लामो समय ढोका नखोल्दा प्रहरीले ढोका फोडेपछि मात्र घटना सार्वजनिक भएको थियो ।

मृतक तिवारीलाई भेट्नका लागि चारदिन अघि नेपालगन्ज कारागारमा पुगेको र कारागार मै भेटका क्रममा यस्तो योजना बनाएको प्रारम्भीक अनुसन्धानमा देखिएको छ ।