बिरकौसल्या कन्सल्टेन्सी तथा धनगढी जेसिएलसिटी शाखाको आयोजनामा धनगढीमा अन्तरक्रिया

बिरकौसल्या कन्सल्टेन्सी तथा धनगढी जेसिएलसिटी शाखाको आयोजनामा धनगढीमा अन्तरक्रिया

धनगढी । जापानीज भाषा क्षमता परीक्षण (जेएलसिटी) बारे धनगढीमा सरोकारवालाहरुसंग भेटघाट तथा अन्तरक्रिया गरिएको छ ।

धनगढी उपमहानगरपालिका वडा नम्बर चटकपुरस्थित बिर कौसल्या कन्सल्टेन्सी तथा धनगढी जेसिएलसिटी शाखाको आयोजनामा होटल सौराई पार्टी प्यालेसमा बुधबार कार्यक्रम गरिएको हो ।

जेएलसिटी सम्बन्धी विद्यार्थी र कन्सल्टेन्सीले भोग्नुपरिरहेको समस्या, सुधार गर्नुपर्ने पक्ष लगायतका विषयमा छलफल गरिएको थियो ।

जेएलसिटीका कन्ट्री क्यानेजर विवेक पाठकले सुदूरपश्चिममा जापानीज अध्यापन गर्न चाहने विद्यार्थीहरुको सहजताका लागि जेएलसिटी लागु गरिएको बताए । उनले भने –‘विगतमा यस प्रदेशमा अध्यापनमात्र हुन्थ्यो । यहाँका विद्यार्थीहरुले परिक्षा दिन अन्यत्र जानुपर्ने अवस्था रहेको थियो । विद्यार्थीहरुको लागत पनि बढ्थ्यो । त्यसैलाई ध्यानमा राखेर यही परिक्षा दिन पाउने यहाँ आठौं परिक्षा केन्द्र तोकिएको हो ।’

उनले अहिले पनि यस प्रदेशका विद्यार्थीहरुले अन्यत्र परिक्षा दिन पठाउनुपर्ने गुनासो आएको बताउँदै –‘तोकिएकै परिक्षा केन्द्रमा विद्यार्थीहरुले परिक्षा दिन पाउनुपर्छ । यसमा सबै कन्सल्टेन्सीहरुले यो प्रक्रियामा सहभागिता जनाउनुपर्छ ।’ उनले तोकिएको केन्द्रबाट कुनै त्रुटी भए आफुहरुलाई जानकारी दिन अनुरोध गरे ।

उनले जेएलसिटीले आफनो गुणस्तर, विश्वसनियतामा प्रश्न आउने गरि कुनै काम नगर्ने बताउँदै –‘कन्सल्टेन्सीहरुले पनि तोकिएको पाठ्यक्रम पूर्ण रुपमा अध्यापन गराउन जरुरी छ ।’

जेएलसिटीका बोर्ड अफ डाइरेक्टर प्रमोद लिम्बुले कन्सल्टेन्सी व्यवसायीक भएपनि परिक्षाको गुणस्तरमा कुनै कमजोरी नगर्ने बताए । उनले अहिले सुदूरपश्चिम प्रदेशलाई ध्यानमा राखेर धनगढीमा परिक्षा केन्द्र तोकिएको बताउँदै –‘यहाँ जेएलसिटीका परिक्षाहरु नियमित सञ्चालन भइरहेका छन् । यहाँका विद्यार्थीहरुलाई यहि परिक्षा दिने वातावरण बनाउने जिम्ममा तपाइहरुकै हो ।’ नेपालमा जेएलसिटी सन २०१९ देखि शुरू भएको उनको भनाई छ ।

बिर कौसल्या कन्सल्टेन्सीका संचालक तथा धनगढी जेसिएलसिटी शाखाको प्रमुख विज्ञान सिंहले जेएलसिटी शुरु भए यता प्रदेशमा चार वटा परिक्षा सम्पन्न भइसकेको बताए । उनले अब मार्च २ गते अर्को परिक्षा सुरु हुने बताउँदै ‘त्यसका लागि फेव्रओरी १५ सम्ममा आवेदन मिति तोकिएको छ ।’

सो परिक्षामा सहभागि हुन परामर्शदाताहरू, संस्थानहरू र व्यक्तिहरूले सो केन्द्रमा उपयुक्त क्षेत्रबाट आवेदन भर्न सक्ने उनले बताए ।
एक वर्ष अघि सुदूरपश्चिमका विद्यार्थीहरुले जापानीज भाषा यही अध्यापन गरेपनि परिक्षा दिनका लागि काठमाडौं, पोखरा, इटहरी, बुटवल, चितवन, झापा, दाङ जानुपर्ने बाँध्यता थियो । विर कौसल्याले जापानीज भाषाको परिक्षा शुरु गरेसंगै विद्यार्थीहरुलाई सहज भएको  उनको भनाई छ ।

कार्यक्रममा इक्यानका प्रथम सचिव भवनाथ हुमागाँइ, इपिसिडिएनका उपाध्यक्ष हेमन्तराज दुलाल, इपिक्यानका महायसचिव अनिल शर्मा पौडेल, धनगढीमा रहेका कन्सल्टेन्सीका सञ्चालक तथा पदाधिकारी, विद्यार्थी लगायतको सहभागिता रहेको थियो ।