खडेरीले सुक्न थाले हिउँदे बाली

खडेरीले सुक्न थाले हिउँदे बाली

बाजुरा । लामो समयको खडेरीले बाजुराका अधिकांश ठाउँमा हिउँदे बाली गहुँ, जौ सुक्न थालेको छ । खडेरीका कारण जिल्लाका अधिकांश ठाउँमा कात्तिकदेखि मङ्सिरमा छरेको गहुँ र जौ बाली अहिलेसम्म उम्रिन सकेको छैन । 

सिचाँइ नभएको क्षेत्रमा लगाएको हिउँदे बाली जौ गहुँ खडेरीका कारण धमाधम सुक्न हुन थालेपछि वर्खाको समय के खाने भन्ने यहाँका सिकान चिन्तित भएका छन् । 

जिल्लाको बुढीगङ्गा नगरपालिकाको सेलापाखा तिमाडा बाहुनगाउँ बदेडा लगायतका क्षेत्रमा हिउँद्मा छरेको गहुँ जौ पानी नहुँदा अहिले सुकेर पहेँलो बनेको छ । बाजुरामा सिँचाइको सुविधा भएको ठाउँमा पनि पानी आकाशे पानी नपर्दा गहुँ राम्रो हुन नसकेको यहाँका किसान बताउँछन् ।

यो वर्ष हिउँदमा लामो सयमसम्म पानी नपर्दा हिउँदे बाली गहुँ जौ खेती सुक्न थालेको बुढीगङ्गा नगरपालिका १० बदेडाका स्थानीय मनबहादुर बताए। उनले भने, ‘कात्तिक मङ्सिरमा पानी नपरे पनि पुस र माघ महिना त पानी अवश्य परिहाल्छ भनेर गहुँ खेती गरेको हो । तर आजसम्म पानी नपर्दा कतै गहुँ समेत नउमे्रको र उम्रेको ठाउँको गहुँ पनि सुक्न थालेको छ ।’

यसैगरी लामो समयसम्म यो खडेरी रहने हो भने वर्खाको समय यो क्षेत्रमा ठुलो भोकमरीको समस्या हुन सक्ने सार्कीले बताउनुभयो । हिमपात नुहँदा पूर्वी क्षेत्रमा रहेको जिल्लाको स्वामिकार्तिक(२ कुक्तीकोटमा अधिकांश क्षेत्रमा हिउँदमा छेरेको गहुँ अहिलेसम्म नउम्रेको स्वामिकार्तिक गाउँपालिका मुक्तीकोट स्थानीय नरे लहुारले बताए।

उनले भने, ‘यहाँ माघमा पनि हिमपात नहुँदा सुपना फ्याल गाउँ माझबाडा फैतीवाडा लगायतका क्षेत्रका गहुँ समेत सुक्न थालेका छन् ।’ जाडो सिजनमा पनि हिउँ नपरेपछि एकातिर चिसो बढ्दै गएको छ भने अर्कातिर तुसारो र सुक्खायामले बाली खाएको लहुारले बताए ।

जिल्लाका त्रिवेणी, गौमुल बडिमालिका बुढीगङ्गा र खप्तड छेडेदह लगायतका क्षेत्रमा सिँचाइ नभएको जमिनमा हिउँदे बाली सुक्न थालेका छन् । यतीबेला मङ्सिरमा ,पुस र माघ महिनासम्म पनि पानी तथा हिमपात नभई खडेरी बढ्दै जाँदा यहाँका किसान चिन्तित बन्दै गएका छन् ।

गहुँ हिउँदे बाली भएकोले हिउँदमा वर्षा राम्रो भएन भने उत्पादन घट्छ भने हिउँदमा वर्षा राम्रो भएमा उत्पादन बढ्छ । अहिले पहिलेको तुलनामा उन्नत गहुँको बीउको प्रयोग बढ्दै गईरहेकोले गहुँको उत्पादन बृद्वि हुँदै गएको कृषि ज्ञान केन्द्र बाजुराका सुचना अधिकारी मिन प्रशाद जैशीले बताए। उनले भने, ‘कुल खेती गरियको क्षेत्रफलको २० प्रतिशत मात्रै जमिनमा सिचाईको सुविधा छ भने ८० प्रतिशत जमिनमा अहिले पनि आकाशेभरमा खेती हुने गरेको छ । जिल्लाको उत्पादन बढाई खाद्य सुरक्षामा टेवा पुग्नका लागि सिंचाइको क्षेत्र बिस्तार गर्न अति आवश्यक छ ।’

बाजुरामा दुई लाख ३० हजार ३७ हेक्टर जमिनमध्ये २२ हजार हेक्टर मात्र खेतियोग्य जमिन छ । यसमध्ये दश हजार ४६० हेक्टर जमिनमा गहुँ खेती गरिन्छ । यसमा १७ हजार ७८२ हेक्टर जमिनमा गहुँ उत्पादन हुन्छ । 

बाजुरामा पाँच हजार २३५ हेक्टर जमिन मात्र वर्ष भरीमा सिँचाइ हुने गरेको सूचना अधिकारी जैशीले बताए।