गेटाको सरस्वतीमा एसईई आइडलको २४औँ अडिसन सम्पन्न

गेटाको सरस्वतीमा एसईई आइडलको २४औँ अडिसन सम्पन्न

धनगढी ।  कैलालीको गोदावरी न.पा. मा प्रदेश युवा परिषद् एसईई आइडल तेस्रो संस्करणको २४ औँ अडिसन सम्पन्न भएको छ । गोदावरी न.पा.को गेटामा अवस्थित सरस्वती नमुना माविमा आइडलको २४औँ अडिसन सम्पन्न हो ।

अडिसनमा ७ जनाले गायन र १० जनाले नृत्य गरी कूल १७ जनाले आफ्नो प्रतियोगितात्मक प्रस्तुति पस्केका छन् ।

अडिसनमा सहभागी प्रतिस्पर्धीहरूलाई छात्रवृत्ति कुपन र एसईई सहयोग पुस्तिका नि : शुल्क रूपमा वितरण गरिएको थियो । 
अब आउँदो हप्ताबाट पहाडी जिल्लामा पनि अडिसन आयोजना हुने आयोजकले जनाएको छ । आयोजकका अनुसार पहिलो चरणमा आउँदो साता अछामको साँफेबगरमा रहेको जनकल्याण मावि र बाजुराको मार्तडीमा रहेको मालिका नमुना माविमा अडिसन आयोजना हुनेछन् ।

एसईई आइडल ३ का सुपका ९ जिल्लाका ३० भन्दा बढी स्थानहरूमा अडिसनहरूमा आयोजना हुँदै छन् । यस वर्ष एसईई दिने विद्यार्थीहरूले अडिसनमा सहभागी हुन पाउनेछन् ।  यस वर्ष पनि गत वर्ष जस्तै नृत्य र गायन प्रतिभाहरूले आफ्नो प्रतिभा प्रदर्शन गर्न पाउनेछन् ।

असोजदेखि फाल्गुण सम्म सुपमा ९ जिल्ला भरि नै अडिसन प्रतियोगिताहरू सञ्चालन हुनेछन् जहाँबाट नृत्य र गायन विधाका उत्कृष्ट ३०-३० जना प्रतिस्पर्धिहरुले २०८१ वैशाखमा हुने दोस्रो चरणमा प्रवेश पाउनेछन् भने दोस्रो चरणमा उत्कृष्ट हुने नृत्य र गायन विधाबाट १५/१५ जना प्रतिस्पर्धीहरूले २०८१ असार १ गते हुने फाइनलमा प्रवेश पाउनेछन् । फाइनलबाट दुवै विधामा १-१ जना विजेता र १-१ जना उपविजेता बन्नेछन् ।

दुवै विधाका विजेता र उप विजेताले क्रमशस् रु। ५०/५० हजार र रु. २५/२५ हजार सहित कक्षा ११ र १२ मा पूर्ण छात्रवृत्ति पाउनेछन् । साथै दुवै विधाका उत्कृष्ट ५ भित्र पर्ने अन्य प्रतिस्पर्धिहरुले कक्षा ११/१२ मा आंशिक छात्रवृत्ति पाउनेछन् । 

थप अडिसन स्थलहरूको खोजी भइरहेकोले यस प्रतियोगिता सहभागी हुन इच्छुक विद्यार्थी  तथा विद्यालयहरूलाई सम्पर्क गर्न आयोजकले अनुरोध गरेको छ । आयोजकले यस भन्दा पहिले पनि २ संस्करणहरू भव्य रूपले आयोजना गरी सकेको छ ।

मुख्य प्रवर्द्धकका रूपमा प्रदेश युवा परिषद्, सुप रहेको एसईई आइडल ३ मा रेडिकल यस कार्यक्रममा रेडिकल एकेडेमी लगायतका विभिन्न संघसंस्थाको पनि विशेष सहयोग रहेको छ ।