क्यानडासँगकाे तीन एक दिवसीय शृङ्खला र लिग–२ का लागि नेपाली टोलीकाे घोषणा

क्यानडासँगकाे तीन एक दिवसीय  शृङ्खला र लिग–२ का लागि नेपाली टोलीकाे घोषणा

नेपाल क्रिकेट सङ्घ क्यानले क्यानडासँग खेल्ने तीन एक दिवसीय शृङ्खला र आईसीसी विश्वकप लिग–२ अन्तर्गतको नामिबिया र नेदरल्यान्ड्ससँग खेल्ने त्रिकोणात्मक शृङ्खलाका लागि टोली घोषणा गरेको छ ।

दुवै प्रतियोगितामा रोहित पौडेल कप्तान छन् । क्यानडासँग खेल्ने नेपाली टोलीमा आसिफ शेख, कुशल भुर्तेल, देव खनाल, कुशल मल्ल, भीम सार्की, आरिफ शेख, पवन सर्राफ, सोमपाल कामी, हेमन्त धामी, रिजन ढकाल, सूर्य तामाङ, ललित राजवंशी, आकाश चन्द र अनिल साह छन् ।

यस्तै, लिग–२ खेल्ने नेपाली टोलीमा आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, आरिफ शेख, पवन सर्राफ, भीम सार्की, अर्जुन साउद, दीपेन्द्र ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, ललित राजवंशी, सूर्य तामाङ र रिजन ढकाल छन् । प्रतिस जिसी, देव खनाल, अनिल साह र विवेक यादवलाई वैकल्पिक खेलाडीको सूचीमा राखिएको छ ।

नेपालले क्यानडासँग घरेलु मैदानमा माघ २५ गतेदेखि २९ गतेसम्म र लिग–२ अन्तर्गतको त्रिकोणात्मक शृङ्खला फागुन ३ गतेदेखि १२ गतेसम्म खेल्नेछ ।