१९ वर्षमुनिको विश्वकप क्रिकेट खेलेको नेपाली युवा टोली स्वदेश फर्कियो

१९ वर्षमुनिको विश्वकप क्रिकेट खेलेको नेपाली युवा टोली स्वदेश फर्कियो

 दक्षिण अफ्रिकामा भएको १९ वर्षमुनिको विश्वकप क्रिकेट खेलेको नेपाली युवा टोली स्वदेश फर्किएको छ । टोली बिहान काठमाण्डौ आइपुगेको हो ।

विश्वकप खेलेर आएको नेपाली टोलीलाई विमानस्थलमा नेपाल क्रिकेट सङ्घका पदाधिकारीसँगै समर्थकले स्वागत गरेका थिए । १९ वर्षमुनिको विश्वकप क्रिकेटमा नेपाल ‘सुपर सिक्स’ सम्म पुगेको थियो ।

विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै टोलीका कप्तान देव खनालले समग्रमा खेल राम्रो भएको प्रतिक्रिया दिए । उनले नयाँ खेलमा नयाँ कुरा सिक्न पाएको बताए ।

यस्तै गुल्सन झाले समग्रमा विश्वकप राम्रो भएको बताए । आकाश चन्दले टोलीले राम्रोसँग खेलेको भन्दै 'सुपर सिक्स' मा पुग्नु नै देश र आफूहरूका लागि राम्रो कुरा भएको बताए । सुवास भण्डारीले प्रतियोगिताबाट धेरै कुरा सिक्ने अवसर पाएको प्रतिक्रिया दिए । यस्तै टोलीका प्रशिक्षक जगत टमाटाले खेलाडीहरूको प्रदर्शनबाट खुशी रहेको बताए ।

समूह चरणमा नेपालले न्युजिल्यान्ड र पाकिस्तानसँग हार बेहाेर्दा अफगानिस्तानलाई हराएकाे थियाे । त्यस्तै 'सुपर सिक्स' मा नेपाल बङ्गलादेश र भरतसँग पराजित भएको थियाे ।