कालो जिरा लगाउनुहोस् र कपालको लम्बाई बढाउनुहोस्

कालो जिरा लगाउनुहोस् र कपालको लम्बाई बढाउनुहोस्

एजेन्सी । विभिन्न स्वास्थ्य तथा सौन्दर्य विशेषज्ञका अनुसार कालो जिराको तेलमा एन्टीफंगल तथा एन्टीमाइक्रोबियल गुण भरपुर मात्रामा हुन्छ । यही गुणले यो तेल कपालका लागि वरदान सावित हुन सक्छ ।

कालो जिराको तेलमा लिनोलेइक एसिड पाइन्छ जसले कपालको लम्बाई बढाउँछ । यसमा एन्टीफंगल, एन्टीमाइक्रोबियल तथा एन्टीहेलेमेन्टी गुण पनि पाइन्छ ।

यसको प्रयोगले स्काल्प स्वस्थ रहन्छ र चायाँको समस्या पनि कम हुन्छ । एनसीबीआईको एक अध्ययनअनुसार कालो जिरामा तनावले कपाल झर्ने समस्यालाई रोक्नसक्ने गुण पनि हुन्छ ।

कालो जिराको तेलको प्रयोगले कपालमा चमक पनि आउँछ । यसले रुखो र सुख्खा हुने समस्याबाट पनि राहत दिन्छ ।

नियमित रुपमा यो तेलको प्रयोगले कपाल छिट्टै फुल्ने वा सेतो हुने समस्या पनि देखिँदैन । साथमा समय अघि नै फुल्ने समस्या पनि हुँदैन ।

प्रयोगका लागि तेललाई मनतातो बनाएर हल्का हातले टाउकोमा मालिस गर्न सक्नुहुन्छ । नुहाउनुभन्दा आधा तथा एक घण्टा अगाडि यो तेलले मालिस गर्दा फाइदा हुन्छ ।