‘सिसिएस प्लस टु’ कपको उपाधि आयोजकलाई

‘सिसिएस प्लस टु’ कपको उपाधि आयोजकलाई

धनगढी । धनगढीमा जारी ‘सिसिएस प्लस टु’ अन्तर बिद्यालय स्तरिय फुटवल प्रतियोगिताको उपाधी आयोजकले जितेको छ ।

मंगलबार धनगढी रगंशालामा भएको फाइनल खेलमा अत्तरिया स्थित होलिल्याण्ड सेकेन्ड्री स्कुललाई पराजित गर्दै आयोजक ‘सिसिएस प्लस टु’ को बी टिम प्रतियोगिताको बिजेता बनेको हो । होलिल्याण्ड सेकेन्ड्री स्कुल लाई पेनाल्टीमा हराउँदै आयोजक प्रतियोगिताको बिजेता बनेको हो । प्रतियोगिताको निर्धारित समयमा दुइटै टिमले गोल गर्न नसकेपछि फाइनल खेल पेनाल्टीमा गएको हो ।

पेनाल्टीमा आयोजक ‘सिसिएस प्लस टु’ बी ले होलिल्याण्ड सेकेन्ड्री स्कुललाई ४–३ गोल अन्तरले पराजित गर्न सफल भयो । यस संगै प्रतियोगिताको उपाधी जित्न सफल आयोजक ‘सिसिएस प्लस टु’ बी ले ६५ हजार नगद सहित ट्रफी, मेडल प्राप्त गरेको छ भने, उप बिजेतामा चित्त बुझाएको होलिल्याण्ड सेकेन्ड्री स्कुल अत्तरियाले ३५ हजार नगद सहित ट्रफी, मेडल सहित प्रमाणपत्र पाएको छ ।
 
‘सिसिएस प्लस टु’ का सन्दिप सिहं खडायत प्रतियोगिताको उत्कृष्ट खेलाडी बने । आयोजक ‘सिसिएस प्लस टु’ का कप्तान समेत रहेका खडायतले नगद ३ हजार नगद, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । 

यस्तै ‘सिसिएस प्लस टु’ कै बिवेक बोगटी प्रतियोगिताको उत्कृष्ट गोलकर्ता बने । उनले नगद २ हजार ५ सय तथा मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । प्रतियोगिताको उत्कृष्ट गोलरक्षक होलिल्याण्डका ओम बिक बने  । उनले नगद २ हजार ५ सय तथा मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । 

प्रतियोगिताको बिजेता तथा उप बिजेता टिमहरुलाई नेपाल वेस्टर्न म्यानेज्मेन्ट कलेजका प्रबन्ध निर्देशक शैलेस कुमार सिहं, ‘सिसिएस प्लस टु’ का प्रिन्सिपल तिर्थ फुलारा लगायतले पुरस्कार वितरण गरेका थिए । प्रतियोगितालाई धनगढी स्थित दाहाल पुस्तक पसलले मुख्य प्रायोजन गरेको थियो भने, नेपाल वेस्टर्न म्यानेज्मेन्ट कलेज तथा सौभाग्य हस्पिटलले प्रायोजन गरेको थियो । १६ बिद्यालय सहभागी प्रतियोगितामा ९ देखी १२ कक्षासम्म अध्यायनरत बिद्यार्थीहरुको सहभागिता थियो ।