धनगढी उपमहानगरपालिकामा रहेका पाँच विद्यालयलाई नमुना विद्यालय बनाइने

धनगढी उपमहानगरपालिकामा रहेका पाँच विद्यालयलाई नमुना विद्यालय बनाइने

कैलालीको धनगढी उपमहानगरपालिकामा रहेका पाँच विद्यालयलाई नमुना विद्यालय बनाइने भएको छ ।

 वडा ११ मा रहेको ठेकराज माध्यमिक विद्यालय, १२ मा रहेको सिद्धनाथ माध्यमिक विद्यालय, १८ मा रहेको चन्द्रोदय माध्यमिक विद्यालयलाई नमुना विद्यालय बनाइने भएको छ ।

 यसैगरी, वडा १६ स्थित बेहडाबाबा माध्यमिक विद्यालय र वडा नम्बर ९ स्थित भवानी माध्यमिक विद्यालयलाई नमुना विद्यालय बनाउने धनगढी उपमहानगरपालिकाले जनाएको छ ।

 पाँच वटै विद्यालयलाई नमुना विद्यालयको रूपमा विकास गर्न आज सम्झौता गरिएको छ । धनगढी उपमहानगरपालिका र टिच फर नेपालबिच सम्झौता भएको हो । नगर प्रमुख गोपाल हमाल र टिच फर नेपालका प्रमुख कार्यकारी अधिकृत स्वस्तिका श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो ।