ओंठ फुटेर कालो हुनुको कारण यस्तो छ !

ओंठ फुटेर कालो हुनुको कारण यस्तो छ !

एजेन्सी । धेरैजसो युवायुवती ओंठ फुट्ने र कालो हुने समस्याले पीडित हुन्छन् । यस्तोमा महंगा लिप केयर जस्ता उत्पादनले पनि ओंठ ठिक हुन सक्दैनन् ।

ओंठ फुट्ने कारण पत्ता लगाएर मात्रै तपाईं यस्तो समस्याबाट बच्न सक्नुहुन्छ । मरेको छालालाई नफाल्दासम्म ओंठ एकदमै सुख्खा हुने गर्छन् ।

महिलामा अत्यधिक लिपिस्टिकको प्रयोगले पनि ओंठको छाला ड्यामेज हुन सक्छ ।

निम्नस्तरका लिपिस्टिकको प्रयोग गर्दा ओंठ कालो हुने, फुट्ने जस्ता समस्या हुन्छन् । त्यस्तै पुरुष तथा महिलामा धुमपान गर्ने बानीले पनि ओंठलाई असर गर्छ । धुमपान गर्ने व्यक्तिका ओंठ पनि एकदमै कालो हुने गर्छ ।

चिसोमा नियमित मोइश्चराइज नहुँदा पनि ओंठ फुट्ने समस्या हुन थाल्छ । यस्ता गल्ती सुधार्दै लगेमा ओंठ एकदमै मुलायम तथा प्राकृतिक रंगमा आउने गर्छन् ।