स्टेपिङ्ग स्कुलको ३२ औं वार्षिक साधारण सभा तथा अभिभावक दिवस

स्टेपिङ्ग स्कुलको ३२ औं वार्षिक साधारण सभा तथा अभिभावक दिवस

धनगढी। धनगढी उपमहानगरपालिका वडा नम्बर २ स्थित स्टेपीङ स्टोन इङलिस स्कूलको ३२ औं वार्षिक साधारण सभा तथा अभिभावक दिवस शनिबार भएको छ । 

विद्यालयको आयोजनामा आफनै प्राङ्गणमा वार्षिकोत्सव तथा अभिभावक दिवस विविध कार्यक्रम गरि मनाइएको हो ।

विद्यालयका प्रोफेसर चेतराज ओझाको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि देवराज जोशी रहेका थिए । दिवसको समुदघाट्न गर्दै प्रदेश प्रमुख जोशीले शिक्षा क्षेत्रबाटमात्र देशको समृद्धि सम्भव रहेको बताए ।

उनले नीजि क्षेत्रको पहलमा शिक्षा क्षेत्रमा थ्प्रै सुधार भएपनि अझै दुर्गममा शिक्षाबाट बालबालिका बञ्चित हुने गरेको बताए ।

वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा विद्यालयले राष्ट्रिय आविस्कार केन्द्रलाई आर्थिक सहयोग गरेको छ। विद्यालयले केन्द्रलाई ५१ हजार रुपैयाँ सहयोग गरेको हो । सहयोग रकम केन्द्रका अध्यक्ष डाक्टर महावीर पुनलाई हस्तान्तरण गरेको हो।

पुनलाई विद्यालयले सम्मान समेत गरेको छ। स्कूलको ३२ औँ वार्षिक उत्सवका प्रमुख अतिथि एवं सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशीले पुनलाई खादा ओढाएर सम्मान गरेका हुन्।

कार्यक्रममा पुनले आफुले किताव विक्रि गरेर बीरगंजको कृषि औजार कारखाना संचालन गरेर प्रतिबद्ध्ता समेत गरे। त्यसैका लागि अहिले किताव विक्रि गर्न देश दौडाहमा रहेको उनले उल्लेख गरे।

वार्षिकोत्सव कार्यक्रममा विभिन्न प्रतियोगितामा उत्कृष्ट विद्यार्थी तथा कर्मचारीहरुलाई पुरस्कृत गरिनुका साथै नृत्यहरु प्रस्तुत गरिएको थियो ।