कसरत गर्नाले मानसिक स्वास्थ्यमा हुन्छन् पाँच सुधार

कसरत गर्नाले मानसिक स्वास्थ्यमा हुन्छन् पाँच सुधार

एजेन्सी । आफूलाई फिट राख्न मानिसहरु विभिन्न व्ययाम गर्दछन् । तर, के तपाईंलाई थाहा छ रु कसरत गर्नाले मानसिक स्वास्थ्यमा पनि एकदमै फाइदा गर्छ ।

कसरत गर्दा मानसिक स्वास्थ्यमा पुग्ने फाइदाबारे जानौं-

स्वास्थ्य तथा फिटनेस विशेषज्ञका अनुसार अहिलेको समयमा घर तथा अफिसका जिम्मेवारीले मानिसहरु अत्यधिक तनाव लिन्छन् ।  यस्तो तनाव कम गर्न विभिन्न कसरत गर्नु फाइदाजनक हुन्छ ।

कसरतले मुडलाई पनि राम्रो बनाउँछ । दैनिक कसरत गर्नाले शरीरबाट हर्मोन एन्डोर्फिन बाहिर निस्कन्छ जसले शरीरको तनाव कम हुन्छ र तपाईंको मुड फ्रेस हुन्छ ।

कयौं कारणले मानिसहरु आफूलाई कमजोर ठान्न थाल्छन् जसले गर्दा उनीहरुको आत्मविश्वास पनि कम हुन थाल्छ । यस्तोमा कसरत गर्नाले आत्मविश्वास बढाउन सहयोग गर्छ ।

कसरतले तपाईंको स्मरण शक्ति पनि तेज हुन्छ । साथमा व्यायामले शरीरमा राम्रा कोषिका निर्माणमा सहयोग गर्छ ।

दैनिक कसरत गर्नाले तनाव कम हुन्छ । यसका लागि तपाईंले कम्तीमा दिनमा ३० मिनेट हिँड्ने वा कसरत गर्नुहोस् ।

कसरत गर्नाले मस्तिष्कको कार्यक्षमतामा सुधार हुन्छ । नियमित कसरत गर्नाले ध्यान केन्द्रित हुन्छ । साथमा शरीरमा सम्पूर्ण दिन ऊर्जा भइरहन्छ ।