हेमन्त धामीले डेब्यू खेलमै लिए विकेट

हेमन्त धामीले डेब्यू खेलमै लिए विकेट

काठमाडौं । नेपाली युवा बलर हेमन्त धामीले राष्ट्रिय टिमका लागि डेब्यू खेलमै पहिलो विकेट लिएका छन्। ३ दिने एकदिवसीय क्रिकेट सिरिजअन्तर्गत क्यानडाविरुद्धको तेस्रो खेलमा डेब्यू गरेका हेमन्तले क्यानडाका ओपनर आरोन जोनशनलाई आउट गराए। 

सोमबारको खेलमा नेपाललाई पहिलो सफलता दिलाउने क्रममा हेमन्तले आरोनलाई देव खनालबाट क्याच आउट गराए। १० बलको सामना गरेका आरोन ४ रन बनाएर पेभेलियन फर्किए। 

सोमबारको खेलमा एकदिवसीय क्रिकेटमा डेब्यू गरेका हेमन्तले नेपालबाट ४१औं क्याप पाएका छन्। यू–१९ विश्वकप छनोटमा नेपालका लागि उत्कृष्ट प्रदर्शन गरेका हेमन्तले त्यसपछि चोटका कारण यू–१९ विश्वकप गुमाएका थिए।