गुणस्तरिय शिक्षामा जोड दिँदै बेबी जोन मन्टेश्वरी

गुणस्तरिय शिक्षामा जोड दिँदै बेबी जोन मन्टेश्वरी

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ४ मा सञ्चालनमा रहेको बेबी जोन मन्टेश्वरी स्कुल । २०७५ सालमा स्थापना भएको यो स्कुलमा २४ जना विद्यार्थी थिए । स–साना बालबालिकालाई शिक्षातर्फ आकर्षण गराउन सञ्चालनमा ल्याइएको विद्यालयमा अहिले ७८ जना पढ्ने गरेका छन् । बालविकास कक्षा चलाइरहेको विद्यालयले विद्यार्थी संख्या बढाउने भन्दा पनि गुणस्तरी शिक्षामा जोड दिइरहेको छ ।

बेबी जोन मटेश्वरीकी प्रिन्सिपल चाँदनी शाहले बिद्यालयमा बिद्यार्थीको संख्या बढाउने भन्दा पनि बिद्यार्थीको गुणस्तरीयतामा ध्यान दिइरहेको बताईन् । अहिले बिद्यालयका संस्थापकमा चाँदनी शाह, विकेश बहादुर सिंह र सरीता शाह रहेका छन् । बिद्यालयमा शिक्षक र अन्य कर्मचारी गरी ११ जना रहेका छन् ।  ६ जना शिक्षकहरु, ३ जना केयर टेकर (हेरचाह गर्ने व्यक्ति), एक जना लेखा र व्यवस्थापनमा तर्फ एक जना र एक जना डाइभिङ तर्फ गरेर ११ जना रहेको विद्यालयले जनाएको छ ।

‘बच्चाको बेश नै राम्रो बनाउने हाम्रो उद्देश्य हो, धेरै कक्षा बढाएर भन्दा पनि बालबालिकाको सम्पुर्ण क्षेत्रलाई बिकाश गर्ने हाम्रो लक्ष्य हो’ संस्थापक विकेश बहादुर सिंहले भने ‘उनीहरुको शैक्षिक शिक्षा मात्रै नभएर उनीहरुलाई अतिरिक्त क्रियाकलाप लगायत हाम्रो कला, संस्कृति र भेषभूूषाका बोलीचाली, आनीबानीका बिषयमा पनि ध्यान दिने हाम्रो उद्देश्य हो ।’ 

उनले बिद्यालयको उद्देश्य एउटै भएको हुँदा टाढाबाट बच्चा ल्याउने भन्दा विद्यालय वरपरका अभिभावकहरुका बालबालिकालाई भर्ना गर्नमा जोड दिएको बताए । ‘यो पुर्णं मन्टेश्वरी स्कुल हो’ उनले भने ।

घरकै वातावरण दिएर पढाई हुने हुन्छ । यहाँबाट आएको पैँसा यहाँकै बच्चाहरुकै लागि खर्च हुने संस्थापक विकेश बहादुर सिंहले बताए । उनले भने ‘यसले हामीलाई पैँसा कमाउने भन्ने उद्देश्य भन्दा पनि उनीहरुककै लागि खर्च गर्ने भन्ने रहेको छ । शिक्षकले साना बालाबलिकाको मनोबिज्ञान बुझेर मात्रै काम गर्नुपर्ने हुुँदा यसमा ठुला बिद्यार्थीलाई पढाएजस्तो सजिलो भने छैन ।’

बालमनोविज्ञानलाई बुझेर सिकाई क्रियाकलापलाई अगाडि बढाउदा यहाँ विद्यार्थीको संख्या बढ्दै गएको उनको भनाई छ । ‘बच्चाहरुलाई पढाउनुु र बुुझाउनुु एकदमै गाह्रो छ । तर, पनि यसको बातावरणले बालबालिकाहरु एकदमै सुुखी हुने गरेका छन्’ उनले भने ‘आफ्नै लगानीमा सबै खर्च गर्नुपर्ने हुँदा कहिले काही थप सामाग्री थप गर्न बजेट अभाव जस्ता समस्या पनि झेल्नुु परेको हुन्छ ।’

उनले आगामी दिनमा बच्चाहरुका लागि स्वीमिङ पुलको पनि व्यवस्था गर्ने तयारी गरेको बताए ।

उनले वार्षिक कार्यतालिका बनाएको र सोही कार्यतालिका अनुसार निरन्तर रुपमा बालबालिकाका अभिभावकहरुसंग पनि अन्र्तक्रिया गर्ने गरेको बताए । उनले भने, ‘सिकाईलाई प्रभावकारी बनाउनका लागि केवल विद्यार्थी या शिक्षकले मात्रै सक्दैनन् । त्यसैले शिक्षक अनि शैक्षिक संस्थासंगै विद्यार्थी र अभिभावकहरु बीचको समन्वय राम्रो हुनुपर्छ ।’

उनले मण्टेश्वरी सञ्चालन गर्दा व्यहोर्नुपरेको असहजता पनि व्यक्त गरे । ‘सुरुका दिनमा केही असहज भएपनि अहिले भने खासै समस्या छैन’ उनले भने ‘हामीले यहाँबाट व्यापार गर्ने होइन् शिक्षा दिने हो भन्ने उद्देश्यले हिडिँरहेका छौ । अझै राम्रे बनाउने प्रयासमै छौ ।’

पैसा कमाउने, अनि व्यापार गर्ने मात्रै उद्देश्य भएको भए अहिलेको अवस्थासम्म पुग्न नसकिने उनको भनाई छ ।

समाजमा आवश्यक परि रहेको शिक्षा दिनका लागि बाल मनोविज्ञानलाई ध्यानमा राखेर मन्टेश्वरी सञ्चालन गरी रहेको बेबी जोन मन्टेश्वरीका संस्थापक सिंहले बताए । 

उनले भने, ‘धनगढी कै हकमा कुरा गर्दा यहाँ धेरै मन्टेश्वरी खुल्नेक्रम बढि नै रहेको छ, बजारमा प्रतिष्पर्धा निकै छ ।’ 
बेबी जोन मन्टेश्वरीका संस्थापक शाहले निजी विद्यालय केबल व्यापारका लागि खोलिने नजरमा समाजको दृष्टिकोण गइरहेको बताए ।

उनले मन्टेश्वरीको बारेमा अध्ययन गरेर मात्र अभिभावकहरुले साना नानीबाबुलाई मन्टेश्वरीमा भर्ना गर्नुपर्ने बताए । उनले यसले गर्दा उनीहरुको माथिल्लो तहको पढाईमा टेवा पुग्ने बिश्वास व्यक्त गरे ।

‘अहिले स्थानीय तह भएपनि जुन तरिकाले शिक्षामा नियमन हुनुपर्ने हो । त्यो हिसाबले नियमन हुन सकेको छैन्’ उनले भने । आफु केबल करदाताको रुपमा मात्रै रहेको तर कुनै पनि निकायबाट कुनै सहयोग नपाएको उनको भनाई छ ।