अभिभावक र स–साना बालबालिकाको आशा–होप मण्टेश्वरी

अभिभावक र स–साना बालबालिकाको आशा–होप मण्टेश्वरी

धनगढी । तीन वर्ष अघि विद्युतिय रिक्सामा विद्यार्थीहरु आफै बोक्दै ल्याएर सिकाउने काम गथ्र्यो धनगढी उपमहानगरपालिका वडा नम्बर २ स्थित होप मण्टेश्वरी स्कुल । घर वरपरका अभिभावकहरुले खासै मण्टेश्वरी नचलेको देख्दा किन खोलेको होला भन्ने प्रश्न गर्थे । तर, अहिले नामजस्तै अभिभावक र स–साना बालबालिकाको आशा बन्न लागेको छ ।

२०७६ सालमा स्थापना भई २०७७ सालदेखि विद्यार्थीहरुलाई शिक्षा दिन शुरु गरेको मण्टेश्वरीले अहिले आफै विद्यार्थी बोकेर ल्याउने बाँध्यता छैन् । अभिभावकहरु आफना बालबालिका त्यहाँ भर्ना गर्न रुचाइरहेका छन् । 

मण्टेश्वरीको अध्यापन शैली र सेवाका कारण अभिभावकहरुको आशा बन्न पुगेको विद्यालयका प्रिन्सिपल उशा भट्ट बताउँछिन् । मन्टेश्वरीमा अहिले ९० जना विद्यार्थीहरु भर्ना भएको उनको भनाई छ ।

अक्षराम्भ गराउने मण्टेश्वरी प्रति अभिभावकहरुको बढ्दो विश्वासलाई कायम गराउन विद्यालय लागि रहेको उनी सुनाउँछिन् । ‘अहिले हामीले, पुर्ण शुल्क लिएर मात्रै भन्दा पनि ५० देखि ७० प्रतिशतसम्म शुल्कमा छुट दिइ रहेका छौ’, प्रिन्सिपल सिंहले भनिन् । 

उनले बालमनोविज्ञानलाई बुझेर सिकाई क्रियाकलापलाई विद्यालयले अघि बढाइरहेको बताइन् । ‘हामीले वार्षिक कार्यतालिका बनाएका छौ । सोही अनुसार निरन्तर रुपमा बालबालिकाका अभिभावकहरुसंग पनि अन्र्तक्रिया गर्ने गरेका छौं’ उनले भनिन् ‘सिकाईलाई प्रभावकारी बनाउनका लागि केबल विद्यार्थी या केबल शिक्षकले मात्रै हुँदैन् । अभिभावकहरुसंग पनि सहकार्य आवश्यक रहन्छ । शिक्षक, विद्यार्थी र अभिभावकहरु बीचको त्रिपक्षीय समन्वयबाट मात्रै सिकाई प्रभावकारी हुन सक्छ  ।’ 

उनले अहिले विद्यालयप्रति अभिभावकहरुको धारणा बद्लिदै गएको बताइन् । ‘शुरुमा मन्टेश्वरी खोल्दा किन खोलि रहेको होला भनेर भन्नेहरु धेरै थिए । अहिले हाम्रो कामको प्रशंसा गर्नेहरु उनीहरु नै हुनुहुन्छ’ उनले भनिन् ।

होप मन्टेश्वरीका संस्थापक ओमजंग सिंहले विद्यार्थीहरुको सिकाईलाई प्रभावकारी बनाउनका लागि सक्दो प्रयास गरिरहेको बताए । ‘खासै विद्यार्थी नै थिएनन्, विद्युतिय रिक्सामा विद्यार्थीलाई बोक्दै लिएर पनि सिकाउने काम हुन्थ्यो, तर अहिले धनगढी उपमहानगरपालिकाका विभिन्न वडाका विद्यार्थीहरु आइ रहेका छन्’ उनले भने ‘विद्यार्थीलाई मटेश्वरीसम्म ल्याउनका लागि २ वटा गाडी समेत राखिएको छ । पहिलेको जस्तो परिस्थिति छैन् । सुरुमा त हेर्नुस, मसग ईच्छाशक्ति मात्रै थियो, पुँजीको नाममा भएको भनेकै त्यही एउटा ईच्छा शक्ति हो, बिस्तारै म्याम (प्रिन्सीपल उशा भट्ट सिहं)को सहयोग अनि साथले बिस्तारै अघि बढ्दै गयौ । यात्रा अझै जारी छ । समाजको आवश्यकता अनुसार बाल सिकाईलाई अघि बढाउने सोचमा छौ ।’

उनले मण्टेश्वरी सञ्चालनका लागि एक करोड बढी लगानी भइसकेको बताउदै होप मन्टेश्वरीका संस्थापक ओमजंग सिंहले ‘फाईदा लिनका लागि भनेर मात्रै मन्टेश्वरीको स्थापना गरेका होइनौं । पैसा कमाउने, अनि व्यापार गर्ने मात्रै उद्देश्य भएको भए यहाँसम्म आइपुग्ने अवस्था नै हुने थिएन् ।’

उनले समाजमा आवश्यक परि रहेको शिक्षा दिन र बाल मनोविज्ञानलाई ध्यानमा राखेर मन्टेश्वरी सञ्चालन गरि रहेको बताए । उनले भने, ‘धनगढी कै हकमा कुरा गर्दा करीब ५÷६ वर्ष अघि देखि मन्टेश्वरी खुल्ने क्रम बढि रहेको छ । बजारमा प्रतिष्पर्धा निकै छ ।’

होप मन्टेश्वरीका संस्थापक ओमजंग सिंहले केही निजी विद्यालय केबल व्यापारका लागि खोलिदा शिक्षाको स्तर खस्किदै गएको बताए । उनले होप मन्टेश्वरीले बाल सिकाईलाई प्रभावकारी बनाउनमा नै ध्यान दिइ रहेको बताए । होप मन्टेश्वरीमा आठ जना शिक्षक, चार जना केयर टेकर (हेरचाह गर्ने व्यक्ति ) कार्यरत रहेका होप मन्टेश्वरीका संस्थापक सिंहले जानकारी दिए । 

मन्टेश्वरीले सीमान्तकृत बालबालिकालाई ५० देखि ७० प्रतिशत छुट समेत दिइ रहेको उनले बताए ।  ‘पहिलेदेखि नै मण्टेश्वरी भनेको हुने खानेका बालबालिकाका लागि मात्रै हो भन्ने एक किसिमको सोचाईमा आम मानसमा रहेको छ’ उनले भने ‘मण्टेश्वरी सबै खाले अभिभावकका लागि हो भन्ने सन्देश पनि दिन खोजेको छु ।’

अहिले स्थानीय तह भएपनि जुन तरिकाले नियमन हुनुपर्ने हो त्यो हिसाबले नियमन शिक्षा क्षेत्रमा पनि नभई रहेको बताउने होप मन्टेश्वरीका संस्थापक सिंहले ‘आफु केबल करदाताको मात्र हुँ जस्तो लाग्छ । हाम्रै धनगढीको कुरा गर्दा पनि धेरै सरकारी विद्यालयमा शिक्षाको गुणस्तर खस्किदो छ । तर, अर्काे पाटो के पनि छ भने केही निजी विद्यालयको अवस्था सरकारीको भन्दा पनि झनै खराब छ । अनि खै त प्रभावकारी अनुगमन गरिएको ?’

उनले, आर्थिक संकटका कारण प्राय धेरै बालबालिकाका अभिभावकहरुको आम्दानीमा असर परेकाले समयमै शुल्क प्राप्त गर्न नसक्दा शिक्षक, कर्मचारीलाई समयमै तलब दिन समस्या हुने गरेको बताए । ‘जे–जस्तो अवस्था भएपनि समाजमा आफ्नो तर्फबाट दिनुपर्ने योगदान दिने कोसिस गरि रहेको छु’ उनले भने ।