क्यानडा विरुद्ध अनिल र भीमले बनाए शतक

क्यानडा विरुद्ध अनिल र भीमले बनाए शतक

काठमाडौं । ३ दिने एकदिवसीय सिरिजको अन्तिम खेलमा नेपालका ब्याट्सम्यान अनिलकुमार शाह र भीम सार्कीले क्यानडा विरुद्ध शतक पूरा गरेका छन्।

अनिलले ११६ बल खेल्दै शतक पूरा गरेका हुन् भने भीमले १२७ बलमा सय रन हानेका हुन्। अनिलले १२ चौका र १ छक्का प्रहार गरे। यस्तै भीमले ११ चौका र १ छक्का हाने।

नेपालले जितका लागि २३३ रनको लक्ष्य पाएको थियो। त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा टस हारेर पहिले ब्याटिङ गरेको क्यानडाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २३२ रन बनाएको हो।