क्यानडाविरुद्धको एकदिवसीय सिरिज नेपालले गर्‍यो क्लिनस्वीप

क्यानडाविरुद्धको एकदिवसीय सिरिज नेपालले गर्‍यो क्लिनस्वीप

काठमाडौं । क्यानडाविरुद्धको तीन एकदिवसीय सिरिज नेपालले क्लिनस्वीप गरेको छ ।

त्रिवि क्रिकेट मैदानमा भएको अन्तिम एकदिवसीय खेल नेपालले सोमबार ९ विकेटले जितेसँगै नेपालले क्लिनस्वीप गरेको हो । यसअघि भएको पहिलो एकदिवसीय खेल नेपालले ७ रनले र दोस्रो खेल ४ विकेटले जितेको थियो ।