प्रिमियर कपको सेमिफाइनल पुग्ने लक्ष्यमा नेपाल, आज माल्दिभ्ससँग भिड्दै

प्रिमियर कपको सेमिफाइनल पुग्ने लक्ष्यमा नेपाल, आज माल्दिभ्ससँग भिड्दै

नेपालले मलेसियामा जारी एसिसी महिला प्रिमियर कप टी–२० प्रतियोगितामा आज माल्दिभ्सविरुद्ध खेल्दैछ । नेपाल र माल्दिभ्सबीचको खेल बिहान ११ः१५ देखि मलेसियामा बायुमास क्रिकेट मैदानमा सुरु हुनेछ । नेपाल लगातार तेस्रो जित निकाल्दै सेमिफाइनल पुग्न चाहन्छ । 

नेपालले जारी प्रतियोगिताको पहिलो र दोस्रो खेलमा क्रमशः हङकङ र भुटानलाई समान ८ विकेटले हराएको थियो । नेपाल मादिभ्सविरुद्ध पनि सहज जितको खोजीमा छ ।  

नेपाल अहिले समूह ‘डी’ को अंक तालिकामा शीर्ष स्थानमा छ । नेपालले दुई खेलबाट ४ अंक जोडेको छ । जारी प्रतियोगितामा १६ टोलीको सहभागिता रहेको छ । १६ टिमलाई ४ समूहमा विभाजन गरिएको छ ।  

फाइनल पुग्ने दुई टोलीले एसिसी महिला एसिया कपमा छनोट हुनेछन् । त्यस्तै, सेमिफाइनल पुग्ने चार टोली इमर्जिङ एसिया कपमा छनोट हुनेछन् । समूह ‘डी’ मा नेपाल र भुटानसहित, हङकङ र माल्दिभ्स पनि रहेका छन् ।