विश्व रेडियो दिवस : "अहिले पनि गाउँघर र दूरदराजमा रेडियो निर्विकल्प सञ्चारको माध्यम"

विश्व रेडियो दिवस : "अहिले पनि गाउँघर र दूरदराजमा रेडियो निर्विकल्प सञ्चारको माध्यम"

काठमाडौं । आज विश्व रेडियो दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदैछ। संयुक्त राष्ट्र संघको आह्वानमा सन् २०१२ देखि हरेक वर्ष फेब्रुअरी १३ मा रेडियो दिवस मनाउने गरिएको छ। रेडियोको महत्त्व, योगदान र चुनौतीहरूको समीक्षा गरी विश्व रेडियो दिवस मनाउने गरिन्छ।

नेपालमा राणा शासन अन्त्यका लागि संघर्षरत नेपाली कांग्रेसले विस २००३ सालमा रेडियोको प्रसारण शुरु गरेको थियो। औपचारिक रुपमा भने २००७ साल मंसिर २८ गतेदेखि प्रजातन्त्र रेडियोका नाममा रेडियो सञ्चालन सुरु भएको मानिन्छ।

सन् २०१२ देखि संयुक्त राष्ट्रसङ्घको आह्वानमा विश्व रेडियो दिवस मनाउन सुरु गरिएको हो।

स्पेनको प्रस्तावमा युनेस्कोको ३६औँ सम्मेलनले सन् २०११ नोभेम्बर ३ तारिखमा हरेक वर्षको फेब्रुअरी १३ तारिखलाई रेडियो दिवसका रुपमा मनाउने घोषणा गरेको थियो। यस्तै इटलीका वैज्ञानिक जिमार्कोनीले रेडियोका आविष्कार गरेका हुन्। उनले सन् १८९५ मा रेडियो तरङ्ग पत्ता लगाएका थिए।

त्यसको २४ वर्षपछि मात्रै रेडियोको व्यावहारिक रुपमा प्रसारण सुरु गरिएको थियो। नेपालमा २००३ सालमा काठमाडौँमा रेडियोको प्रसारण सुरु भए पनि औपचारिक रुपमा भने २००७ साल मंसिर २८ गतेदेखि प्रजातन्त्र रेडियोका नाममा रेडियो सञ्चालन सुरु भएको हो।

नेपालमा २०५२ सालदेखि एफएम प्रसारण सुरु भएको थियो। २०५४ सालदेखि निजी क्षेत्रले समेत एफएम रेडियो सञ्चालन गर्न पाउने कानुन बनेपछि २०५४ साल जेठ ९ गते दक्षिण एसियामै पहिलो निजी क्षेत्रको स्वतन्त्र रेडियोका रुपमा रेडियो सगरमाथा प्रसारण सुरु भयो। अहिले भने देशका विभिन्न ठाउँमा खोलिएका रेडियोको संख्या हजारौँ पुगिसकेका छन्।

पहिलो पटक सन् १९१९ को अक्टोबरमा अमेरिकामा रेडियो खुले पनि विश्वमा औपचारिक रुपमा रेडियो प्रसारण अमेरिकाको पेन्सिलभेनिया सहरबाट सन् १९२० मा भएको मानिन्छ। रेडियोलाई सबैभन्दा प्रभावकारी सञ्चारमाध्यमका रुपमा लिइन्छ।

सजिलो र कम खर्चिलो सञ्चारमाध्यम भए पनि प्रविधिको विकासका कारण पछिल्लो समयमा सहरी क्षेत्रमा रेडियोको व्यापकता खुम्चिँदै गएको छ। अहिले पनि गाउँघर र दूरदराजमा रेडियो निर्विकल्प सञ्चारको माध्यम हो।

अहिले सूचना तथा सञ्चार मन्त्रालयबाट सञ्चालनको लागि इजाजत प्राप्त गर्ने एफएम रेडियोको संख्या देशभर ९ सय हाराहारी छ भने नियमित प्रसारणमा रहेका रेडियोको संख्या साढे ७ सयभन्दा बढी छ।

निजी क्षेत्रबाट एफ एम रेडियोको प्रसारण भएको २०५२ सालदेखि हो।