अन्तराष्ट्रिय कण्डम दिवसमा विविध कार्यक्रम

अन्तराष्ट्रिय कण्डम दिवसमा विविध कार्यक्रम

धनगढी । धनगढीसहित देशभरी अन्तराष्ट्रिय कण्डम दिवस विविध कार्यक्रम गरि मनाइएको छ ।

स्वास्थ्य कार्यालय कैलाली, एड्स हेल्थ केयर फाउण्डेशन, राष्ट्रिय एचआइभी तथा एड्स महासघं र अन्य साझेदार निकायहरुले विविध जनचेतनामुलक कार्यक्रम गरि दिवस मनाएका हुन् ।

कण्डमको प्रयोगलाई बढावा दिँदै एचआइभी एड्स जस्ता संक्रमण कम गराउने उद्धेश्यले दिवस मनाउन थालिएको स्वास्थ्य कार्यालय कैलालीका प्रमुख आशुतोस श्रेष्ठले बताए ।

दिवसको अवसरमा साझेदारी संस्थाको आयोजनामा धनगढीको ट्राफिक चौराहदेखि राजपुरसम्म साइकलिङ्, चौराहमा कण्डमसम्बन्धी सडक नाटक प्रस्तुत गरिनुका साथै निशूल्क कण्डमहरु वितरण गरि दिवस मनाइएको छ ।