आज प्रणय दिवस, प्रेस साटासाट गरी मनाइँदै

आज प्रणय दिवस, प्रेस साटासाट गरी मनाइँदै

काठमाडौँ । आज फेब्रुअरी १४ अर्थात् प्रणय दिवस । विश्वभर प्रेम साटासाट गरी मनाइँदैछ । विशेष गरी प्रेमी-प्रेमिकाले आजको दिनलाई विशेषरूपमा मनाउने गर्दछन् । 

युवा पुस्तामाझ यो दिनप्रति विशेष आकर्षण छ । भ्यालेन्टाइन–डेका रूपमा नयाँ प्रेमी प्रेमिकाले यो दिनलाई विशेषरूपमा मनाउने गर्दछन् । प्रेम प्रस्ताव गर्ने, प्रेमको औपचारिक शुभारम्भ गर्ने वा उपहार आदान प्रदान गरेर यो दिनलाई मनाउने गरेको पाइन्छ ।  

प्रेमका पक्षधर सन्त भालेन्टाइनलाई मृत्युदण्ड दिएको सम्झनामा प्रत्येक वर्षको १४ फेब्रुअरीमा भ्यालेन्टाइन–डे मनाउने गरिएको हो ।