एसीसी महिला प्रिमियर कप : नेपाल आज कुवेतसँग भिड्दै

एसीसी महिला प्रिमियर कप : नेपाल आज कुवेतसँग भिड्दै

काठमाडौं । मलेसियामा जारी एसीसी महिला प्रिमियर कपमा नेपालले आज कुवेतसँग खेल्दैछ । खेल बिहान सवा ११ बजे हुने छ ।

नेपाल समूह डी को विजेता हो भने कुवेत समूह ए को उपविजेता बनेर नकआउट चरणमा प्रवेश गरेको हो । नेपालले समूह चरणमा भुटान र हङकङलाई ८ ८ विकेटले हरायो भने माल्दिभ्सलाई २ सय १४ रनको फराकिलो अन्तरले हराएको थियो ।

आजको खेल जिते नेपालले मलेसिया र जापानको विजेतासँग खेल्नेछ ।