कुवेतविरुद्ध सीता राना मगरले लिइन् ह्याट्रिक विकेट

कुवेतविरुद्ध सीता राना मगरले लिइन् ह्याट्रिक विकेट

काठमाडौं । मलेसियामा जारी एसीसी वुमन्स प्रिमियर कप क्रिकेटमा कुवेतविरुद्ध सीता राना मगरले ह्याट्रिक विकेट लिएकी छिन् ।

टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको कुवेतविरुद्ध सिताले १३औं ‌ओभरमा ह्याट्रियक विकेट लिएकी हुन् ।

उनले १३ ‌औं ओभरको दोस्रो बलमा २९ रन बनाएकी ओपनर प्रियदा मुरलीलाई एलबीडब्लूको धरामा पारिन् ।

तेस्रो बलमा मार्याम ओमरलाई विकेट किपर काजल श्रेष्ठको हातबाट स्टम्पिङ्ग गरिन् ।

चौथो बलमा कप्तान अम्ना सरिफलाई एलबीडब्लू आउट गरिन् ।

कुवेतले १५ ‌ओभरको खेल सकिँदा ५ विकेट गुमाएर ६० रन मात्र बनाएको छ ।