गोदावरीको सरस्वति विद्यालय ५२ वर्षमा प्रवेश

गोदावरीको सरस्वति विद्यालय ५२ वर्षमा प्रवेश

धनगढी । कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ११ स्थित सरस्वती माध्यामिक विद्यालय ५२ वर्षमा प्रवेश गरेको छ ।

विक्रम संवत २०२९ सालमा स्थापना भएको विद्यालयले ५१ वर्ष पुरा गरेको अवसरमा विविध कार्यक्रम गरेको हो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेशबहादुर साउदको अध्यक्षतामा आयोजित कार्यक्रममा वडा नम्बर ११ का वडा अध्यक्ष प्रेम सिंह बडैला प्रमुख अतिथि रहेका थिए । सो अवसरमा वडा अध्यक्ष बडैलालले विद्यालयले सो क्षेत्रका बालबालिकामा शिक्षा प्रदान गर्न ठुलो योग्दान पुगाएको बताए । उनले भने –‘शिक्षा क्षेत्रको सुधारमा यो विद्यालयको महत्वपूर्ण योग्दान रहेको छ । थुप्रै अभावकाबिच विद्यालयले यस क्षेत्रका बालबालिकामा शिक्षा प्रदान गरिरहेको छ ।’

उनले आगामी दिनमा पनि यस क्षेत्रका बासिन्दा, समाजसेवी, बुद्धिजिवि बग्रले विद्यालयलाई आवश्यकता अनुसार सहयोग गर्नुपर्ने उनको भनाई छ ।

कार्यक्रममा गोदावरी नगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष भिमबहादुर खडका, वडा नम्बर ११ पूर्व वडा अध्यक्ष शिवबहादुर विक, शिक्षक अभिभावक अध्यक्ष नरेश बडैला, वडा नम्बर ११ का वडा सदस्य, १२ नम्बरका वडा सदस्य, पूर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष, समाजसेवी, विद्यार्थी, सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो ।

विद्यालयका शिक्षक मुकेश भट्टले स्वागत गरेको कार्यक्रमको सञ्चालन समाजसेवी कृष्ण विकले गरेका थिए ।

वार्षिकोत्सवको अवसरमा कक्षा १ देखि १२ सम्मका कक्षामा प्रथम, द्धित्तिय र तृतिय हुने विद्यार्थीहरुलाई पुरस्कार प्रदान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि वडा अध्यक्ष बडैलाले विद्यार्थीहरुलाई पुरस्कार वितरण गरेका थिए भने विद्यार्थीहरुको समुह बनाई नृत्य प्रतियोगिता प्रस्तुत गरिएको थियो ।

विद्यालयका प्राध्यापक रामबहादुर पार्कीले विद्यालयको वार्षिक प्रतिवेदन २०८० प्रस्तुत गरेका थिए । उनले विद्यालयले अझै पनि आर्थिक, भौतिक र जनशक्ति अभाव प्रमुख समस्या रहेको बताए ।

विद्यालयले सरस्वति पुजाको अवसरमा सरस्वति पुजा विशेष समारोहको कार्यक्रम गरेको उनले बताए । सरस्वति पुजाकै दिन विद्यालय स्थापना भएकाले विद्यालयले हरेक वर्ष वार्षिकोत्सवको अवसरमा विभिन्न गतिविधिहरु गर्दै आइरहेको उनको भनाई छ ।