नेपालले नवौं विकेट गुमायो

नेपालले नवौं विकेट गुमायो

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नामिबियासँगको खेलमा नेपालले नवौं विकेट गुमाएको छ ।

३५.३ ओभरमा पवन व्यक्तिगत १२ रनमा आउट भएका हुन् । उनी निकोल लोफ्टि(इटनको बलमा जेरार्ड एरास्मसको हातबाट क्याट आउट भएका हुन् । उनी आउट हुँदा नेपालले १२१ रन मात्र बनाएको छ ।

यसअघि आठौं विकेटका रुपमा गुल्शन झा २१ रनमा आउट भएका थिए । यस्तै पाँचौ नम्बरमा व्याटिङमा आएका सार्की सातौं विकेटका रुपमा २७.४ ओभरमा ४४ रनमा आउट भए । अफस्टम्प नजिकैको बलमा कप्तान एरास्मसले जोडदार अपिल गरेका थिए । जसमा अम्पायरले एलबीडब्लू आउट लिए ।

यसअअघि छैटो विकेटका रुपमा सोमपाल कामी व्यक्तिगत २ रनमा आउट भएका थिए ।

जेरार्ड एरास्मसको बललाईसोमपालले स्वीप खेल पनि मिडविकेटका जेन फ्रेलिंकले उत्कृष्ट रनिङका साथ स्क्वायर लेगमा उत्कृष्ट क्याच लिए ।

यसअघि १९.५ ओभरमा कप्तान जेरार्ड एरास्मसले नै कुशल मल्ललाई आउट गरेका थिए । मल्ल सट थर्डम्यानमा लुंगामेनीबाट क्याच आउट भएका छन् ।

कुशललाई आउट गर्नको लागि जेरार्ड रणनीतिक हिसाबमा आफैं अफ स्पिन बलिङ लिएर आएका थिए । उनको यो रणनीति सफल भएको छ र उनी कुशल र सोमपालको विकेट लिन सफल भएका छन् ।

यसअघि कप्तान रोहितकुमार पौडेल चौथो विकेटका रुपमा ज्याक ब्रासेलको बलमा बोल्ड भएका थिए । इन साइड एज लागेर बोल्ड आउट भएका उनले १० बलमा खाता खोलेका थिए । १३ बल खेलेर आउट भएका रोहितले दोस्रो रन थप्न सकेनन् ।

एक दिवसीय क्रिकेटमा डेब्यू गरेको यू–१९ टिमका खेलाडी ब्रासेलले यसअघि ३.५ ओभरमा ओपनर आसिफ शेखलाई पनि आउट गरेका थिए ।

ज्याक ब्रासेलको बलमा आसिफ सिल्ली मिडअनमा जेजे स्मिथको हातबाट सहज क्याच आउट भए । यसअघि नेपालले ओपनर कुशल भुर्तेललाई रोयल डक र तेस्रो नम्बरका ब्याटर अनिल साहलाई ८ रनमा गुमाएको थियो ।