‘सक्किगोनि’ टिमले फिल्म ‘लाज शरणम्’ बनाउने

‘सक्किगोनि’ टिमले फिल्म ‘लाज शरणम्’ बनाउने

चर्चित हास्य टेलिभिजन सिरियल ‘सक्किगोनि’को टिमले ‘लाज शरणम्’ नाममा फिल्म बनाउने भएको छ । बुधवार बसन्त पञ्चरीको अवसर पारेर सिरियलको टिमले एक पोस्टरमार्फत फिल्मको नाम सार्वजनिक गरेको हो । फिल्म पनि कमेडी जनरामा बन्न लागेको हो ।

फिल्ममा कुन–कुन कलाकार देखिँदैछन् भन्ने टिमले केही खुलाएको छैन । अन्य जानकारी पनि दिइएको छैन ।

सिरियलको टिम पछिल्लो समय फिल्मको​ स्क्रिप्ट लेखनमा व्यस्त थियो । फिल्म २०८१ सालमा रिलिज गर्ने टिमको योजना छ ।

अर्जुन घिमिरे ‘पाँडे’ र कुमार कट्टेल ‘जिग्री’को लेखन एवं निर्देशन रहँदै आएको ‘सक्किगोनि’ दर्शकमाझ निकै लोकप्रिय छ । सिरियलमा यी दुईका साथमा सिपी पुडासैनी ‘धतुरे’, कमलमणि नेपाल ‘खुपीका बाउ’, दीपक आचार्य ‘काकु’, सागर लम्साल ‘बले’, हरि निरौला ‘कक्रोच’लगायतको अभिनय रहँदै आएको छ ।