जुनियर एनटीआरको ‘देवारा’ दशैंको फूलपातीमा रिलिज हुने

जुनियर एनटीआरको ‘देवारा’ दशैंको फूलपातीमा रिलिज हुने

काठमाडौं । जुनियर एनटीआर, सैफअली खान र जान्ह्वी कपुर स्टारर प्रतीक्षित भारतीय फिल्म ‘देवारा’ आगामी दशैंको फूलपातीमा रिलिज हुने भएको छ । निर्माताले शुक्रबार पोस्टर सार्वजनिक गर्दै १० अक्टोबर ९असोज २४० गतेलाई रिलिज मिति घोषणा गरेका हुन् ।

दुई भागमा प्रदर्शन हुने यो फिल्मलाई दक्षिण भारतको प्रतीक्षित फिल्मको सूचीमा राखिएको छ ।

दशैं छेकोमा पाँच नेपाली फिल्मले प्रदर्शनको घोषणा गरिसकेका छन् । जसमा दीपकराज गिरीको ‘छक्कापञ्जा ५’, नीता ढुंगानाको ‘ह्रस्वदीर्घ’, सन्तोष सेनको ‘बलिदान’, निश्चल बस्नेतको ‘बेहुली फ्रम मेघौली’ र दिनेश राउतको ‘गाउँ नै रमाइलो’ दशैंमा आउने बताएका छन् ।

दक्षिण भारतीय स्टारको फिल्म आउँदा यसले नेपाली बक्स अफिसमा स्वदेशी फिल्मलाई चुनौती हुने देखिन्छ । किनभने पछिल्ला वर्षहरुमा भारतीय फिल्मका कारण नेपाली फिल्मले मार खेप्दै आएका छन् । ‘देवारा’को कुरा गर्दा यो तेलुगू भाषाको एक्सन-ड्रामा फिल्मलाई कोर्ताला सिवाले निर्देशन गरेका हुन् ।