धनगढीमा लोकडेउडा सर्जक तथा श्रष्टाहरु सम्मानित

धनगढीमा लोकडेउडा सर्जक तथा श्रष्टाहरु सम्मानित

धनगढी। लोकदोहोरी तथा डेउडा क्षेत्रमा योग्दान पुर्याईरहेका विभिन्न कलाकार तथा श्रष्टाहरुलाई सम्मानित गर्दै सुप ईन्टरटेनमेन्ट म्युजिक अवार्ड २०८० धनगढीमा भएको छ ।

सुप ईन्टरटेनमेन्ट हाउस प्रालिद्वारा कैलाली उद्योग वाणिज्य संघमा रहेको शुभम होटलमा भव्य समारोहका आयोजना गरि विभिन्न विधाका कलाकार तथा श्रष्टाहरुलाई सम्मान गरिएको हो ।

सुदूरपश्चिम प्रदेशका भुमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री रामेश्वर चौधरीको प्रमुख आतिथ्यतामा सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डाक्टर टिएन जोशी, धनगढीका पूर्व मेयर खेमराज पाण्डे लगायतको सहभागितामा विभिन्न बिधाका सर्जक, कलाकार र प्राविधिकहरुलाई अवार्ड बितरण गरिएको थियो ।

सुप ईन्टरटेनमेन्ट हाउस प्रालिका अध्यक्ष अनुप चन्द ठकुरीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नेपाली लोकसङ्गीत सँग आबद्ध अग्रज तथा अनुज गायक, गायिका, सर्जक, व्यवसायी तथा सुभेच्छुकहरुको बाक्लो उपस्थिति रहेको थियो। २१ विद्यामा लोकदोहोरी तथा डेउडा क्षेत्रमा योग्दान पुर्याउँदै आएका श्रष्टाहरुलाई सम्मान गरिएको अध्यक्ष ठकुरीले बताए ।

सर्वोत्कृष्ट डेउडागिततर्फ पशुपति खनाल र शोभा थापा, मौलिक डेउडा गायनतर्फ रेखा जोशी र निर्मला कार्की, सर्वोत्कृष्ट डेउडा गायन पुरुषतर्फ शेरराम आउँजी र सुधिर जैरु, सर्वोत्कृष्ट गायन डेउडा नवगायनतर्फ सुवास पार्की, सर्वोत्कृष्ट लोक डेउडा गायन पुरुषतर्फ सनम परियार र सागर भण्डारी, महिलातर्फ कल्पना मल्ल, डेउडा लयतर्फ नरेन्द्र कठायत, शब्दतर्फ कुमार मटेली, म्यूजिक भिडियो निर्देशकतर्फ मनिस मगरलाई पुरस्कार प्रदान गरिएको थियो ।

यस्तै, सर्वोत्कृष्ट भिडियो छायाँकनतर्फ अनिल चौधरी, डेउडा भिडियो निर्देशकतर्फ जहित बुढा र सुनिल ताम्राकार, भिडियो छायाँकनतर्फ पिआर जोशी र प्रकाश नागरि, मोडल पुरुषतर्फ सुरेश विसी, मोडल चौधरी पुरुषतर्फ चन्दर चौधरी र अनुराग चन्द, महिलातर्फ नेहेल्जा चौधरी र रितु चौधरीलाई प्रदान गरिएको थियो ।