'घर ज्वाईुं' को छायांकनमा दयाहाङ र मिरूना

'घर ज्वाईुं' को छायांकनमा दयाहाङ र मिरूना

अभिनेता दयाहाङ राई र अभिनेत्री मिरूना मगरले फिल्म घर ज्वाईुं को छायांकन सुरू गरेका छन्। 

निर्माता जनक घर्ती मगरका अनुसार शनिबार पूर्वी रुकुमको लुगममा क्यामरा पूजा गर्दै छायांकन थालिएको हो। मगर संस्कृतिमा आधारित हुने फिल्म पूर्वी रुकुमको लगुम, तकसेरा, ढोरपाटनलगायतका स्थानमा खिचिने छ। करिब ३५ दिनको सेड्युल राखिएको छ।

अनिल बुढामगर निर्देशित फिल्ममा दयाहाङ र मिरूनासँगै बुद्धि तामाङ, शिशिर वाङ्देल, पुस्कर गुरुङ, भोला सापकोटा, राज थापा काउचा, कविता आले, शिला आले, अनु थापा, बिना मगर, खडुगबहादुर पुन (खबपु), सोनाम लामा, विवेश बुढा, सुनील मगरलगायत कलाकारको अभिनय रहनेछ।

जिएम मुभी प्रोडक्सनको ब्यानरमा निर्माण हुने फिल्मको कथा निर्देशक मगरले लेखेका हुन्। पटकथा र संवाद लेखनमा उनलाई सुवास कोइराला र विनोद खतिवडाले साथ दिएका छन्। 

फिल्ममा सुसन प्रजापतिको छायांकन, हर्क साउद र मनोज थापाको शब्द, संगीत र रामजी लामिछानेको कोरियोग्राफी रहने छ। फिल्मलाई  अन्तर्राष्ट्रिय वितरण एमएसएम इन्टरटेन्मेन्टले गर्दैछ भने नेपालको वितरण अधिकार आरआर फिल्म्सका रोहित कट्टेल र रत्न श्रेष्ठले  लिइसकेका छन्।

यो फिल्म असार २८ गतेदेखि प्रदर्शन हुनेछ।