भारतमा नेपाली नागरिकले मोबाइल सिम कार्ड पाउने

भारतमा नेपाली नागरिकले मोबाइल सिम कार्ड पाउने

काठमाडौँ । भारतमा रहेका नेपाली नागरिकले मोबाइल सिम कार्ड पाउने भएका छन् । केही वर्षयता नेपाली पासपोर्ट वा नागरिकतामा सिम कार्डको वितरण रोकिएको थियो । सिम कार्ड नपाउँदा भारत आउने नेपाली नागरिकले सञ्चार सम्पर्कबाटै टाडा रहनुपर्ने स्थिति थियो । 

भारतको टेलिकम्युनिकेसन विभागले सोमबार गरेको निर्णयअनुसार नेपाली नागरिकले पासपोर्ट वा त्यसको विकल्पमा नागरिकता, मतदाता परिचय पत्र वा दिल्लीस्थित नेपाली दूवातासले फोटोसहित प्रमाणित गरेको पत्रका आधारमा सिम कार्ड पाउनेछन् । सञ्चार मन्त्रालय मातहतको उक्त विभागले टेलकम अथोरिटीहरुलाई नेपाली र भुटानी नागरिकको हकमा उक्त कागजातालाई ‘केवाइसी’ डुकुमेन्टका रुपमा हेर्न भनेको छ ।

पछिल्लो समय सिम कार्ड नपाउने विषय मुद्दाको रुपमा उठ्न थालेको थियो । हरेक जसो सरकारी भ्रमण र डेलिगेसनमा नेपाली पक्षले भारतमा नेपाली नागरिकले सिम कार्ड नपाएको औपचारिकरअनौपचारिक ढंगले भातीय पक्षसँग उठाउँदै आएका थिए । दिल्लीस्थित नेपाली दूतावासले करिब दुई महिना अगाडि भारतको विदेश मन्त्रालयलाई औपचारिक पत्राचार गरेरै भारत आएका नेपाली नागरिकले सिम कार्ड नपाउने गरेको बारे जानकारी गराउँदै त्यसको समस्या समधानका लागि आग्रह गरेको थियो ।

भारतको सरकारले २०१२ मा विदेशी नागरिकलाई सिम कार्ड दिनुपर्दा उसको यात्रा अनुममति अवधि९भिसा० का आधारमा मात्रै सिम कार्ड दिनुपर्ने प्रवाधान गरेको छ । तर, तीन वर्ष अगाडिसम्म नेपाली नागरिकको हकमा उक्त प्रवाधानमा कडाइ थिएन । विमानस्थल वा अन्यत्रका सिम वितरण स्टलबाट नेपालीले पासपोर्टका आधारमा सिम कार्ड पाउँदै आएका थिए । तर, २०२१ म भारत सरकारले सिम कार्ड वितरणलाई पूर्ण रुपमा डिजिटलाइज्ड गरेपछि भिसाबिना विदेशी नागरिकले सिम कार्ड पाउने स्थिति रोकियो । विदेशीले सिम कार्ड लिन चाहिने डकुमेन्टमा भिसा प्रमुख बन्यो । त्यो नाराखिकन सिस्टमले स्वीकृति नै दिन छाड्यो । नेपाल र भुटानका नागरिकले भारत प्रवेशका लागि कुनै प्रकारको यात्रा अनुमति९भिसा० लिनु पर्दैन । त्यसको प्रभाव दुई देशका नागरिकले सिम कार्ड पाउनबाट बञ्चित भए ।

दिल्लीस्थित भारतका लागि नेपाली राजदूत शंकरप्रसाद शर्माले दूतावासाले भारत सरकारलाई औपचारिक रुपमा अनुरोध गरेको केही हप्ता भित्रै सिम कार्ड सम्बन्धमा देखिएको समस्याको समाधान भएको बताए । उनले अब नेपाली नागरिकले सहजै सिम कार्ड पाउनेमा आफू विश्वस्त रहेको बताए । भारतीय पक्षले सिम कार्डका सन्दर्भमा भएको निर्णयबारे दूतावासलाई जानकारी दिएको छ ।