बृहत यौनिक शिक्षा तथा प्रजनन स्वास्थ्य अधिकारका क्षेत्रमा काम गर्ने सञ्जालको बैठक

बृहत यौनिक शिक्षा तथा प्रजनन स्वास्थ्य अधिकारका क्षेत्रमा काम गर्ने सञ्जालको बैठक

धनगढी । कैलालीको धनगढीमा गठन भएको बृहत यौनिक शिक्षा तथा प्रजनन स्वास्थ्य अधिकारका क्षेत्रमा काम गर्ने विभिन्न गैर सरकारी संस्था तथा अन्तराष्ट्रिय नियोगबीचको सञ्जालको बैठक शुक्रबार धनगढीमा बसेको छ ।

‘राइट हियर, राइट नाउ’ भन्ने नारासहित यार्ड नेपालको आयोजनामा सञ्जालको बैठक धनगढीस्थित जियान होटलमा बसेको हो ।

यौनिक शिक्षा तथा प्रजनन स्वास्थ्य अधिकारका क्षेत्रमा कार्यरत संघ–संस्थाबिच समन्वय, सहकार्य, साझेदारी, सूचना र सिकाई आदानप्रदान लगायतबारेमा तयार पारिएको टिओआरको मस्यौदाबारे छलफल भएको छ ।

पिसविन नेपालले तयार पारेको मस्यौदाबारे सञ्जालले यौनिक तथा अल्पसंख्यक क्षेत्रमा कार्य गरिरहेका संघ–संस्थाका सदस्यहरु थप गर्ने र मस्यौदालाई अन्तिम रुप दिई कार्यान्वयनमा लग्ने निर्णय गरेको छ । यस्तै, सञ्जालको बैठक प्रत्येक दुई महिनामा गरिने पनि निर्णय भएको छ ।

नेपाल परिवार नियोजन, निडस नेपाल, यार्ड नेपाल, ‘एनएपिएफएन’, ‘एनएनएसडब्लुए’, सञ्चारकर्मी लगायत विभिन्न संघ–संस्थाको प्रतिनिधित्वमा बैठक बसेको थियो ।