दादुरा-रुबेला बिरुद्धको खोप अभियान कैलालीमा १३ गते देखि संचालन हुने

दादुरा-रुबेला बिरुद्धको खोप अभियान कैलालीमा १३ गते देखि संचालन हुने

धनगढी । कैलालीमा यहीँ फागुन १३ गते देखि दादुरा–रुबेला बिरुद्को खोप अभियान संचालन हुने भएको छ । ९ महिना देखि १५ वर्ष मुनिका बालबालिकाहरुलाई दादुरा–रुबेला रोग बिरुद्को खोप अभियान संचालन हुने भएको हो ।

स्वास्थ्य कार्यालय कैलालीले बालबालिकाहरुलाई नजिकैको खोप केन्द्रमा लगेर दादुरा–रुबेला खोप लगाउन अनुरोध गरेको छ । खोप अभियानमा ५ वर्ष मुनिका बालबालिकाहरुलाई छुटेको नियमित खोप पनि लगाइने छ ।

नियमित खोप छुटभएका बालबालिकाहरुको खोप कार्ड लिई आउन स्वास्थ्य कार्यालयको आग्रह छ । कैलालीमा दादुरा–रुबेला रोग बिरुद्को खोप अभियानमा नौं सय ६४ खोप केन्द्र र दुई सय ९२ स्वास्थ्यकर्मीहरु परिचाल गरिने स्वास्थ्य कार्यालय कैलालीले जनाएको छ ।

यस्तै एक हजार ९ सय २८ स्वयंमसेवक र ए.ई.एफ.आई. व्यवस्थापन तथा अनुगमनका लागी २० जनालाई परिचालन गरिने जनाएको छ ।