जिल्ला सहकारी संघकाे अध्यक्षमा पुनः सापकाेटा निर्वाचित

जिल्ला सहकारी संघकाे अध्यक्षमा पुनः सापकाेटा निर्वाचित

धनगढी । जिल्ला सहकारी संघ कैलालीकाे अध्यक्षमा पुनः फणीराज सापकाेटा निर्वाचित भएका छन् ।

शनिवार भएकाे मतदानबाट प्रतिद्धन्द्धि कृष्ण पाण्डेलाइ पराजित गर्दै सापकाेटा निर्वाचित भएका हुन ।

सापकाेटाले एक सय ६९ मत प्राप्त गर्दा पाण्डेले एक सय ५९ मत प्राप्त गरे ।

संघकाे उपाध्यक्षमा दिप्ती शाही, सचिवमा जयप्रसाद न्याैपाने, सह-सचिवमा विश्वनाथ चाैधरी र काेषाध्यक्षमा गितादेवी चाैधरी निर्वाचित भएका छन् ।