भारतमा मजदुरीका लागि गएका दार्चुलाका धामीको मृत्यु

भारतमा मजदुरीका लागि गएका दार्चुलाका धामीको मृत्यु

दार्चुला । भारतमा मजदुरीका लागि गएका एक जना नेपालीको मृत्यु भएको छ । 

भारत पिथौरागढ जिल्लाको मुन्स्यारीमा दुहु गाउँपालिका-२ हिकिला बस्ने अन्दाजी ४० वर्षीय दानसिंह धामीको खाल्डोमा पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । 

जग खन्ने क्रममा शुक्रबार बेलुका ढिस्कोले पुरिएर धामीको मृत्यु भएको भारतीय प्रहरीले जानकारी गराएको दार्चुलाका प्रहरी डीएसपी शिवबहादुर सिंहले बताए ।