के आउँदो अगस्टदेखि जिमेल बन्द हुँदैछ ?

के आउँदो अगस्टदेखि जिमेल बन्द हुँदैछ ?

काठमाडौं । सामाजिक सञ्जाल एक्समा अहिले एउटा स्क्रिनशट विश्वव्यापी रूपमा भाइरल भइरहेको छ । त्यसमा गुगलले आउँदो अगस्टदेखि चर्चित ईमेल सर्भिस जिमेल बन्द हुने सूचना छ ।

स्क्रिनशटमा १ अगस्टदेखि गुगलले जिमेलमा सपोर्ट पठाउनरपाउन छाड्ने, ईमेल स्टोर नहुने लगायतका कुरा उल्लेख छ, जुन गुगलले नै आधिकारिक रूपमा सार्वजनिक गरेजस्तै देखिन्छ ।

धेरैले यो सूचनालाई तुरुन्त विश्वास गरेका छन् । एक्ससँगै अन्य प्लेटफर्ममा समेत यस्तो प्रकारको पोस्ट देखिन थालेको छ । 

सूचना भाइरल हुन थालेसँगै कतिपयले जिमेल बन्द भएपछि के चलाउने लगायतका प्रतिक्रिया दिन थालेका छन् । त्यस्तै एक्सका एक इन्जिनियरले ुहामीले कहिले एक्समेलु बनाउने भनेर पोस्ट गरेपछि एलन मस्कले जिमेलको विकल्प दिने विषय समेत चर्चामा आयो । यद्यपि यो कुरालाई मस्कले आधिकारिक घोषणा गरेका छैनन् ।

यो बीचमा भने एक्समा भाइरल भएको सूचना गलत भएको जानकारी दिन गुगलले एक्स नै प्रयोग गरेको छ । अहिले जिमेलको आधिकारिक एक्स अकाउन्टमा ुन्mबष् िष्क जभचभ तय कतबथ,ु भन्ने पोस्ट पिन गरिएको छ । जिमेल बन्द हुने सूचना भाइरल भएपछि गुगलले आधिकारिक रूपमा यस्तो पोस्ट गरेको हो, जसमार्फत जिमेल बन्द नहुने र भाइरल भएको सूचना मिथ्या भएको बुझ्न सकिन्छ ।